कम्तीमा डेढ महिना मनकामना केवलकार बन्द हुने

मनकामना केवलकार करिब डेढ महिनासम्म बन्द हुने भएको छ। सञ्चालन प्रविधि स्तरोन्नति गर्न भन्दै आगामी साउन २३ गतेदेखि केबलकार सेवा ६ देखि ७ हप्तासम्म बन्द हुने भएको हो।एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नती गर्न सेवा बन्द गर्न लागिएको मनकामना केवलकार प्रालिले जानकारी दिएको छ।
चितवनको कुरिनटारबाट गोरखाको मनकामना मन्दिरसम्म जान यात्रुहरुलाई थप सहज र भरपर्दो सेवा दिनका लागि स्तरोन्नति गर्न लागिएको कम्पनीले जनाएको छ। स्तरोन्नतिका लागि अष्ट्रियाका प्राविधिक नेपाल आएको कम्पनीले जनाएको छ।
तपाइँको प्रतिक्रिया