भदौ पहिलो साताभित्र तालमेलसम्बन्धी सबै काम टुंग्याउने सत्ता गठबन्धनको निर्णय

काठमाण्डौँ, २० साउन ।
सत्तारुढ पाँच दलीय गठबन्धनले आगामी मंसिर ४ हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति भएको छ । यसका लागि शीर्ष नेताहरूले लिखित सहमति गरेका छन् ।प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरूको बैठकले कार्यदल गठनमा सहमति गरे पनि त्यसका रहने व्यक्तिहरू भदौ पहिलो साताभित्र आपसी छलफलपछि टुंगो लगाउने निर्णय गरेको नेकपा एसका सम्मानति नेता झलनाथ खनालले जानकारी दिनु भयो ।
यस्तै सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिपक्षलाई बेवास्ता गरेर निर्वाचन घोषणा गरिएको कुरा निराधार रहको बताउनु भएको छ । बालुवाटारमा बसेको सत्तागठबन्धन बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा कार्कीले संविधान र कानून अनुसार नै मिति तोकिएको बताउनु भएको थियो ।
तपाइँको प्रतिक्रिया