सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • राष्ट्रिय
    • मध्य नेपाल
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • सूचना प्रबिधि
    • अन्तर्राष्ट्रिय
    • स्वास्थ्य
    • सम्पादकीय
    • अन्य
      • विचार/ब्लग
      • रोचक

एसईईमा उत्तीर्ण गैँडाकोटका १ हजार ३ सय बढी विद्यार्थीलाई सम्मान

  •  | २१ श्रावण २०७९, शनिबार १८:४२ , प्रकाशीत
  • Published By: Mukundasen Online
  • गैँडाकोट, २१ साउन ।

    गण्डकि प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेलले देशमा परिवर्तन गर्नका लागि राजनिति नै मुख्य हतियार रहेको बताउनु भएको छ । पछिल्लो समय राजनैतिक दल प्रति वितृष्णा जगाउने काम भैरहेको पोख्रेलले बताउनु भयो । सिष्टम बसाल्नका लागि नेतृत्वको आवश्यकता पर्ने बताउदै पाखे्रेलले विद्यार्थीहरुले पनि राजनितीक ज्ञान लिनु आवश्यक रहेको बताउनु भयो । गैँडाकोट २ मा भएको एसईई २०७८ मा उत्तिर्ण विद्यार्थीहरुलाई सम्मान एवम् विविध सांस्कृतिक कार्यक्रममा बोल्दै मुख्य मन्त्री पोख्रेलले यस्तो बताउनु भएको हो ।

    नेविसंघ गैँडाकोट नगर समन्वय समिति र सुशील काईराला सोसलिष्ट युथ सर्कल नवलपुरको आयोजनामा भएको कार्यक्रममा गैँडाकोटमा २०७८ सालमा एसइइ उत्तीर्ण १ हजार ३ सय ५१ विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शशांक कोइरालाले जिवन सिकाई रहेकाले लगनका साथ शिक्षा ग्रहण गर्न विद्यार्थिहरुलाई आग्रह गर्नु भयो । विपि कोइरालाले राजनिती गरेको संघर्षको उदाहरण दिदै कोइरालाले सच्चा मनले उत्कृष्ट प्रयत्न गर्न सके सफलता मिल्ने बताउनु भयो ।

    यस्तै नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलले लोकतन्त्रको स्थापनाका लागि नेपाल विद्यार्थी संघको ठूलो भूमिका रहेको बताउनुभयो । कार्यक्रम गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारी, नगर उपप्रमुख शान्ती कोइराला, नेपाली कांग्रेसका महासमिति सदस्य गणेश सापकोटा लगाएतले बोल्दै बिद्यार्थीहरु आफ्नो क्षमता र दक्षताको आधारमा अगाडि बढ्नु पर्ने बताउनु भयो ।

    कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य गोकुल सापकोटा, गैँडाकोट नगर अध्यक्ष वद्री सापकोटा, सुशिल कोइराला सोसलिष्ट युथ सर्कलको केन्द्रीय अध्यक्ष ताराकाजी थापा, नेपाली कांग्रेस नवलपुरका जिल्ला उपसभापति बालकृष्ण घिमिरे, क्षेत्र नम्बर १ का सभापति अमृत भट्टचन, नेपाली बिद्यार्थी संघ नवलपुरमा जिल्ला सभापति राजेश पौडेल लगायतले मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा साँकृतिक प्रस्तुति पनि गरिएको थियो ।

    Share This News

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी गठन
    लोकाहामा औद्योगिक क्षेत्र निर्माणका विषयमा कावासोतीमा अन्तरक्रिया
    मध्यविन्दु नगरपालिकाद्वारा अवैध रुपमा उत्खनन् गरिएका नदीजन्य पदार्थ जफत

    ताजा अपडेट

    नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी गठन

    श्रावण २६, काठमाडौं । नेकपा एमालेले संघीय र प्रदेश निर्वाचनलाई लक्षित गरि निर्वाचन परिचालन कमिटी...

    लोकाहामा औद्योगिक क्षेत्र निर्माणका विषयमा कावासोतीमा अन्तरक्रिया

    कावासोती । नवलपरासी बर्दघाट सुस्ता पूर्व नवलपुरको कावासोती र देवचुली नगरपालिकाको सिमानामा पर्ने लोकाहामा...

    • मध्यविन्दु नगरपालिकाद्वारा अवैध रुपमा उत्खनन् गरिएका नदीजन्य पदार्थ जफत
    • कांग्रेसको सामाजिक संजालमा रोइलो
    • कोरोनाबाट एकैदिन पाँच जनाको मृत्यु, नयाँ संक्रमित ८१५ जना
    • विष्णु माझीको नयाँ तीजगीत चरी जेलैमा–२ सार्वजनिक (भिडियोसहित)

    हाम्रो बारेमा

    सञ्चालक : मुकुन्दसेन मिडिया प्रा.लि.

    प्रबन्ध निर्देशक : असिफ गुरुङ्ग
    निर्देशक : शिला गुरुङ्ग, दिपेश गुरुङ्ग

    हाम्रो टिम

    अपरेशन ईन्चार्ज : नबिन सागर सुवेदी
    प्रधान सम्पादक : सूर्यप्रकाश कंडेल
    सम्पादक :
    न्यूज डेस्क : हिमा अर्याल
    आईटि : त्रिबिक्रम रेग्मी
    बजार संयोजक : भरत भट्टराई
    ग्राफिक्स : सुनिल शाही
    ड्रोन फोटोग्राफी : नारायण आचार्य (सौगात)
    फोटोग्राफी : गणेश आचार्य
    भिज्वल एडिटर :
    प्राबिधिक : नबिन धिताल

    रिपोर्टरहरु

    आनन्द पोखरेल
    बिन्दु वाग्ले
    विवेक भण्डारी
    सुस्मा सुनार

    Contact

    MUKUNDASEN MEDIA PVT. LTD.
    Gaindakot 8, Congress chowk 
    Nawalpur , Nepal

     078-501420 । 501604   9855054138 । 9802938495   [email protected]
    Corporate Office
    Kathmandu-10, Anamnagar, Nepal
    Contact : +977-9801654138
    Branch office
    Kawasoti 2 Haat Bazar Line
    Mobile : 9800773371

    © Mukundasen Television  2018  |  All rights reserved Website By : WebsoftNepal Pvt.Ltd.