जबराविरुद्धको महाअभियोग प्रस्ताव बहुमतले स्वीकृत

काठमाण्डौँ, २२ साउन ।
प्रतिनिधिसभाले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग बहुमतले स्वीकृत भएको छ । प्रतिनिधिसभाको बहुमतले स्वीकृत भएपछि जबराविरुद्ध दर्ता भएको महाअभियोग सिफारिस समितिमा पठाएको छ । आइतबार प्रस्तावमाथि छलफल गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले राखेको महाअभियोग सिफारिस समितिमा पठाउने प्रस्ताव संसदले बहुमतले पास गरेको हो ।
सिफारिस समितिमा पठाउनुअघि आइतबार प्रतिनिधिसभामा महाअभियोग प्रस्तावमाथि सांसदहरुले छलफल गरेका थिए । प्रतिनिधि सभाको अर्काे बैठक पर्सि मङ्गलवार बिहान ११ बजे बस्ने गरी बोलाइएको छ । जबराविरुद्ध १ फागुनमा महाअभियोग दर्ता भएको थियो ।
तपाइँको प्रतिक्रिया