महिलालाई ५० प्रतिशत प्रतिनिधित्व दिइनुपर्छ – पौडेल

गैँडाकोट, २२ साउन ।
अखिल नेपाल महिला संघ गैँडाकोट नगर कमिटीको दोस्रो अधिवेशनमा मन्तव्य व्यक्त गर्ने वक्ताहरुले महिलालाई ५० प्रतिशत प्रतिनिधित्व दिइनुपर्ने बताएका छन् । आइतबार गैँडाकोटमा आयोजित अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनीहरुले बराबरीको हकका लागि महिलालाई ५० प्रतिशत प्रतिनिधित्व दिनुपर्ने बताएका हुन् ।
गैँडाकोट नगरपालिकाका निवर्तमान मेयर एवं नेकपा (एमाले) जिल्ला सचिवालय सदस्य छत्रराज पौडेलले महिलालाई कम्तीमा पनि ५० प्रतिशत प्रतिनिधित्व हुनुपर्छ भनेर आवाज उठिरहँदा पनि आज ३३ प्रतिशतको हाराहारीमा महिला वर्गलाई नेतृत्वमा पु¥याउन सफल भएको बताउनुभयो । नेकपा एमाले सरकारमा गयो भने महिलाका हक र अधिकार सुनिश्चित हुने उहाँको भनाइ थियो ।
संघकी नगर अध्यक्ष गीता तिवारीको अध्यक्षतामा सम्पन्न अधिवेशन उद्घाटन समारोहलाई नेकपा एमालेका केन्द्रीय सदस्यद्वय रविन्द्र अधिकारी र कृष्ण पौडेल, नेकपा एमाले गैँडाकोट नगर अध्यक्ष षडानन्द लामिछाने र कावासोती नगर अध्यक्ष रामकृष्ण ढुंगाना लगायतले सम्बोधन गर्नुभएको थियो ।कार्यक्रममा संघकी नगर उपाध्यक्ष योगमाया तिवारीले स्वागत मन्तब्य ब्यक्त गर्नुभएको थियो । कार्याक्रमको संचालन सचिव पार्वती ज्ञवाली सापकोटाले गर्नुभएको थियो ।
तपाइँको प्रतिक्रिया