गठबन्धन सरकार आएसँगै देशको ‘लच्छिन गुम्यो- ओली

काठमाण्डौँ, २२ साउन ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकार आएसँगै देशको ‘लच्छिन गुमेको’ टिप्पणी गरेका छन् । यो सरकारले जे छोयो त्यही खरानी भइरहेको उनको दाबी छ । पार्टीनिकट भूपुसैनिक तथा प्रहरी संगठनको कार्यक्रममा सम्बोधन गर्दै ओलीले गठबन्धनलाई अलच्छिना संज्ञा दिए ।
ओलीले सत्तारुढ गठबन्धन कांग्रेस निर्देशित राजनीतिक पार्टीमा परिणत भइसकेको टिप्पणी गरेका छन् । डुब्न लागेकाहरु गठबन्धनको त्यान्द्रो समातेर ज्यान जोगाउन खोजिरहेको उनको भनाइ छ ।ओलीले गठबन्धनका कुनै पनि दलसँग एक्लै चुनावमा जाने हिम्मत नरहेको बताए ।
तपाइँको प्रतिक्रिया