अन्तराष्ट्रिय युवा दिवसको अवसरमा अन्तरकृया तथा सम्मान

कावासोती ।
अन्तराष्ट्रिय युवा दिवस तथा रिटर्नी माईग्रेन्ट नेपालको स्थापना दिवसको अवसर पारेर नवलपुरको मध्यविन्दु नगरपालिकामा सोमबार जिल्लाका राष्ट्रिय खेलाडि र रिटर्नी उद्यमिहरु लाई सम्मान तथा अन्तरकृया कार्यक्रम गरेको छ ।युवा तथा खेलकुद मन्त्रालय राष्ट्रिय युवा परिषदद्वारा सप्ताह व्यापी रुयमा अन्तराष्ट्रिय युवा दिवस मनाउदै छ । आईतबारबाट सप्ताहा व्यापि कार्यक्रम सुरु भएको हो । राष्ट्रिय युवा परिषदको आयोजना तथा रिटर्नी कृषि तथा पशुपालन लिमिटेडको समन्वयमा कार्यक्रम भएको हो ।
जिल्लामा रहेका रिटर्नी उद्योगी ६ जना , खेलाडी ७ जनालाई सम्मान गरिएको हो ।जिल्लामा उद्यम गरेर रोजगार समेत दिएका तथा नमुना कृषका रुपमा परिचय बनाएका उद्यमी , राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा खेल खेलेर जिल्लालाई खेल क्षेत्रमा थप नयाँ उचाईमा पु¥याउन सफल खेलाडीहरुलाई सम्मान गरिएको हो । यस्तै कार्यक्रममा जिल्लामा कृयाशिल दुई जना पत्रकार धनु भुसााल र चन्दा गुरुङलाई समेत सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथी तथा मध्यविन्दु नगरपालिका प्रमुख भिमलाल अधिकारीले सम्मानपत्रले सम्मान गर्नुभएको हो । सम्मान कार्यक्रमपछि बोल्दै उहाँँले युवा शक्तिलाई स्वदेशमै केही गरेर समृद्ध नेपाल निर्माणमा टेवा पु¥याउन आग्रह गर्नुभयो । देशको अस्थिर राजनैतिक अवस्थाका कारण युवाहरु विदेश पलायन हुनेक्रम बढेको बताउनुभयो । देशको अवस्थामा सुधार ल्याउन र विकास गर्नका लागि युवाहरु नै अगाडि बढ्न आवश्यक रहेकाले परिस्थितसंग भागेर होइन डटेर सामाना गर्न उहाँले आग्रह गर्नुभयो । उहाँले उद्यमी बन्न र आर्थिक रुपमा सबल बन्न अनेकौ समस्याको सामना गर्नुपर्ने , गाह्रो अप्ठेरो सहनुपर्ने भन्दै त्यस्ता समस्याबाट भाग्ने हो भने आफू पनि आर्थिक् रुपमा सक्षम बन्न नसक्ने र देशको समृद्धिमा समेत आँच पुग्ने धारणा राख्नुभयो ।
कार्यक्रममा नगर उपप्रमुख पूर्णकला चौधरी , राष्ट्रिय युवा परिषद नवलपुर अध्यक्ष टिका भुर्तेल , जिल्ला खेलकूद विकास समिति अध्यक्ष सेतमान पुन , रिटर्नी माइगैट नेपाल गण्डकी प्रदेश अध्यक्ष नेत्र थनेत लगायतको आतिथ्यतामा कार्यक्रम भएको हो ।कार्यक्रममा अन्तरकृया समेत गरिएको थियो । सो क्रममा सहभागि युवाहरुले युवाहरुका लागि आउने सहुलियत कर्जा , नगर युवा सञ्जाल प्रकृया , युवा परिषदले गर्ने काम कर्तव्यका बारेमा जिज्ञासा राखेका थिए । युवा परिषद र रिटर्नीले अझै सशक्त ढंगबाट काम गर्न आग्रह गरेका थिए ।
कार्यक्रममा जिल्ला खेलकूद विकास समिति , जागृती बाल तथा युवा सरोकार नेपाल , जिल्ला खेलकूद विकास समिति , मध्यविन्दु नगरपालिका रिटर्नी कावासोती शाखा लगायतको सहयोग रहेको थियो । कार्यक्रम रिटर्नी काइगैट नेपाल नवलपुरका अध्यक्ष भिम प्रसाद महतोको अध्यक्षतामा भएको हो ।
तपाइँको प्रतिक्रिया