सीटीईभीटीमा रिक्त पदका लागि परीक्षा तालिका सार्वजनिक

काठमाडौं, २४ साउन ।
सीटीईभीटीमा रिक्त पदका लागि परीक्षा तालिका सार्वजनिक भएको छ। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले विज्ञापन गरेको अढाई वर्ष विभिन्न रिक्त पदको पदपूर्तिका लागि परीक्षा गर्ने भएको छ । २०७६ माघ २४ गते गरेको विज्ञापनको आन्तिरिक तथा खुला प्रतियोगितात्मक लिखित परीक्षाको परीक्षा तालिका सोमबार सार्वजनिक गरेको छ ।
सार्वजनिक समयतालिका अनुसार परीक्षा भदौ १६ गतेदेखि असोज १४ गतेसम्म लोक सेवा आयोग अनामनगरमा सञ्चालन हुनेछ ।
परिषद्ले समयतालिका सार्वजनिक गर्दै परीक्षा सञ्चालन हुने दिन अप्रत्यासित विदा पर्न गएमा पनि आयोगको पूर्व सूचना विना निर्धारित परीक्षा कार्यक्रम स्थगित नहुने जनाएको छ ।
तपाइँको प्रतिक्रिया