लोकाहा पुलदेखि पूर्व गोरे घुम्तीसम्म ए.वि.सि कभर्ड तार तान्ने स्थानीय बिच सहमति

देवचुली,२४ साउन ।
नवलपुरको कावासोती लोकाहा पुलदेखि पूर्व देवचुली नगरपालिकाको गोरे घुम्तीसम्म ए।वि।सि।कभर्ड तार तान्ने स्थानीय विच सहमति भएको छ । मंगलबार देवचुली नगरपालिकाका नगर प्रमुख हरि प्रसाद न्यौपाने, प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे, आयोजना डिभिजन प्रमुख विनोद पन्थी र स्थानीय बिचमा भएको छलफलमा उक्त कुराको निर्णय गरिएको हो ।
नेपाल विद्युत प्राधिकरणको डि।एस।ए।ई।पि।बाट निर्माण गर्न लागिएको ३३ के।भि।लाईनको माथिल्लो लोकाहा पुलदेखि पूर्वतर्फ करिब ८०० मिटरको क्षेत्रमा निर्माण कार्यमा स्थानीयले अवरोध गरिएको विषयमा छलफल गरि निर्णय गरिएको हो ।
उक्त छलफलमा लोकाहा पुलदेखि पूर्वको विशालटारको मूख्य बाटोमा पहिले देखि रहेका पोलहरु रहेकै स्थानमा नयाँ पोल गाडि पुरानो पोल निकालेर ३३ के।भि।र घरमा जाने एल।टि।लाईनलाई कभर्ड तारबाट तान्ने निर्णय गरिएको छ । यसैगरि लाईन निर्माणको क्रममा कुनैपनि स्थानीय व्यक्तिको निजी सम्पतिलाई हानी नहुने गरी निर्माण कार्य गर्ने, त्यस क्षेत्रमा गर्नुपर्ने अन्य विद्युत सुधारका कार्यहरु गर्ने र रत्नेचोकमा रहेको ट्रान्सफर्मर स्थानीयले जग्गा उपलब्ध गराएको स्थानमा सार्ने, लोकाहा पुलदेखि पूर्वको गोरे घुम्तीसम्म ए।वि।सि।कभर्ड तार तान्ने र बाँकी स्थानमा समेत क्रमश कभर्ड तार प्रयोग गरिने स्थानीय र नेपाल विद्युत प्राधिकरण बिच सहमति भएको हो ।
कार्यक्रममा देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन प्रसाद मरासिनी, नवलपुरका प्रहरी नायब उपरीक्षक सन्तोष पाठक, सशस्त्र प्रहरी नायब उपरीक्षक विनोद खतिवडा, देवचुली वडा नं १३ का वडाध्यक्ष एकदेव पौडेल, कार्यपालिका सदस्य मधुमाया गुरुङ्ग, नेपाल विद्युत प्राधिकरण कावासोतीका प्रमुख अमित कर्ण, विशालटार टोल विकास संस्थाका अध्यक्ष सोम बहादुर सेन्चुरी, घुमाउरी सामुदायिक वनका अध्यक्ष दिपक भट्टराई लगायत स्थानीयको उपस्थिती रहेको थियो ।विशालटारको मुख्य बाटोमा रहेका पोलहरुले विभिन्न दुर्घटना निम्ताएको भन्दै स्थानीयले अबरोध गरि तत्कालै समस्या समाधान गर्न नेपाल बिद्युत प्राधिकरण कावासोतीलाई अनुरोध गरेका थिए ।
तपाइँको प्रतिक्रिया