नगरस्तरीय अन्तरविद्यालय नृत्य प्रतियोगितामा कन्टिनेन्टल बोर्डिङ प्रथम

श्रावण २९, गैंडाकोट
निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन नेपालले आइतबार अन्तर विद्यालय नृत्य प्रतियोगिता सम्पन्न गरेको छ । गैँडाकोट नगर प्याब्सनको आयोजनामा भएको प्रतिस्पर्धामा गैँडाकोटका १४ वटा विद्यालयहरुले सहभागिता जनाएका थिए ।
प्रतिस्पर्धामा कन्टिनेन्टल बोर्डिङ स्कुल प्रथम भएको छ । सरस्वती निकेतन दाश्रो, गैँडाकोट ईग्लिश बोडिङ स्कुल तेस्रो भए । सान्त्वना हुनेमा विजय सामुदायिक स्कुल र ज्ञानकुञ्ज स्कुल रहेका छन् । प्रतिस्पर्धामा प्रथम हुनेलाई रु ४ हजार र मेडल, द्वितीय हुनेलाई रु ३ हजार र मेडल, र तृतीय हुनेलाई रु २ हजार र मेडलसहित प्रमाण पत्र प्रदान गरिएको छ ।
कार्यक्रमको उद्घाटन बरिष्ठ गायक अमर विरही गुरुङले गित गाएर गर्नु भएको थियो । कार्यक्रममा बोल्दै गायक गुरुङले विद्यार्थीहरुको क्षमता पहिचान गर्न जरुरी रहेको बताउनु भयो ।
कार्यक्रममा गैंडाकोट नगरपालिकाका नगर शिक्षा अधिकृत हेमचन्द्र पौडेलले विद्यार्थीहरुविच गराईने यस्ता प्रतिस्पर्धाले उनीहरुको अन्तरनिहित क्षमता र व्यक्तित्व विकास हुने बताउनु भयो ।
कार्यक्रम गैँडाकोट नगर प्याब्सनका अध्यक्ष लक्ष्मीप्रसाद दवाडीको अध्यक्षतामा भएको हो । कार्यक्रममा स्वागत मन्तव्य एलिगेन्ट मन्टेश्वरीकी प्रिन्सिपल गंगा ढकाल सापकोटाले राख्नु भएको थियो । कार्यक्रमको सञ्चालन कन्टिनेन्टल बोडिङ स्कुलका प्रिन्सिपल विनोद पौडेलले गर्नु भएको थियो ।
तपाइँको प्रतिक्रिया