इजरायलले थप १ हजार नेपाली कामदार लैजाने

काठमाडौं, ३० साउन ।
इजरायलले थप १ हजार नेपाली कामदार लैजाने भएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर र इजरायलका राजदूत खनान गोदेरबीच शिष्टाचार भेटवार्तामा यसबारे छलफल भएको हो ।उनीहरुबीच विशेष गरी दुई देशबीचको श्रम सम्झौताबारे छलफल भएको छ ।
छलफलमा मन्त्री कुँवरलाई राजदूत गोदेरले आइतबार मात्रै इजरायल सरकारले थप १ हजार नेपाली कामदार कृषि कामका लागि लैजाने विषयमा टुंगो लगाएको जानकारी गराउनु भयो ।
त्यस्तै उहाँले यसअघि सहायक कामदारका लागि ९ हजार ६९९ जनाले निवेदन दिएकोमा १ हजार १४७ जना कामदार छनोट भएर इजरायल जाने तयारीमा रहेको पनि जानकारी गराउनु भयो ।
तपाइँको प्रतिक्रिया