विकूको आयोजनामा भएको हाजिरी जवाफ प्रतियोगितामा जनता मावि त्रिभुवनटार प्रथम

कावासोती, ३० साउन ।
विकू बचत तथा ऋण सहकारी संस्थाले आफ्नो ३२ औँ वार्षिक उत्सवको अवसर पारेर सोमबार कावासोतीमा माध्यामिक विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको छ । कावासोतीमा भएको हाजिरी जवाफ प्रतियोगितामा जनता मावि त्रिभुवनटार कावासोती प्रथम हुन सफल भएको छ । यस्तै जनता मावि मंगलचौर अरुणखोला द्वितीय र नवजागरण नमुना मावि चोरमारा तृतीय हुन सफल भएका छन् ।
प्रथम हुनेले नगद ८ हजार प्रमाणपत्र , द्वितीय हुनेले नगद ६ हजार र प्रमाणपत्र , तृतीय हुनुले नगद ४ हजार र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा १६ वटा विद्यालयको सहभागिता रहेको थियो ।
हाजिरी जवाफ प्रतियोगिता कार्यक्रममा संस्थाका उपाध्यक्ष यमुनाथ आचार्यको अध्यक्षता तथा कावासोती नगरपालिका शिक्षा शाखा प्रमुख क्षेत्र बहादुर भण्डारीको प्रमुख आतिथ्यतामा भएको थियो । संस्थाको कार्यक्रममा कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू, विद्यालयका प्रधानाध्यापकहरू, सेवा केन्द्र व्यवस्थापन उपसमितिका संयोजक तथा उपसंयोजकहरु को समेत सहभागिता रहेको थियो । विकू बचत तथा ऋण सहकारी संस्थाको ३२ औँ वार्षिक उत्सव आँउदो भदौ पाँच गते परेको छ ।
सहकारीले विभिन्न कार्यक्रमको आयोजना गरेर वार्षिक उत्सव मनाउने क्रममा सोमबार स्कुलस्कुलमा विकू कार्यक्रम सञ्चालन रहेका विद्यालयहरूमा हाजिरी जवाफ प्रतियोगिता गरेको हो । यस्तै मंगलबार गैँडाकोटमा हाजिरी जवाफ प्रतियोगिता हुँदैछ ।
तपाइँको प्रतिक्रिया