नागरिकता विधेयक हुबहु फेरि राष्ट्रपतिकहाँ पठाउने गठबन्धनको निर्णय

काठमाण्डौँ, ३१ साउन ।
सत्तारुढ गठबन्धनले नागरिकता विधेयक प्रमाणीकरणका लागि जस्ताको तस्तै फेरि राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको छ । मंगलबार प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेता सम्मिलित बैठकले संसदबाट आवश्यक प्रक्रिया पूरा गरी विधेयकलाई फेरि राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पठाउने निर्णय गरेको हो ।
संविधानले राष्ट्रपतिलाई एक पटकका लागि त्यसरी विधेयक फिर्ता पठाउन सक्ने अधिकार दिएको छ । तर, संसदले सोही विधेयकलाई पुनर्विचार गरी प्रमाणीकरणका लागि पठाएमा राष्ट्रपतिले फेरि फिर्ता पठाउन मिल्दैन ।
तपाइँको प्रतिक्रिया