मल लिन किसानको घुईचो, कावासोतिबाट ४४८० बोरा मल ढुवानी

नवलपुर ३१ ,श्रावण ।
रासायनिक मल बिनै रोपाइँ गरेका किसानले गोड्ने बेलासम्म मल नपाउँदा धान पहेँलिन थालेको बताएका छन् । बिना मल रोपाइँ गरिएकोमा नियमित वर्षा पनि नहुँदा रोपो सुकेको थियो । अहिले धान गोड्ने बेला भएको छ । धान गोडेर मल छर्नुपर्ने बेलासम्म पनि मल नपाउँदा किसान निराश छन् ।नवलपरासी पुर्व नवलपुरको मध्यविन्दु नगरपालिका किसानहरु थोरै मात्रामा आएको मल लिन तछाडमछाड गरेका छन् । चोरमाराको तमस्रिया साना किसान कृषि सहकारी संस्था लिमीटेडमा सिमीत सिमित मात्रामा आएको मल लिन किसान मङ्गलबार बिहानैबाट लाइन लागेका थिए । ५२ बोरा मल ल्याइएकोमा कृषकहरुलाई १५, २० किलो का दरले रु २० मा मल दिइएको संस्थाका अध्यक्ष नन्द कुमारी महत्तोले बताउनुभयो । कृषि साम्रागी कम्पनी लिमीटेड शाखा कार्यलय कावासोति ८ बाट सिमीत मात्रामा मल ल्याईएकोे हो । कृषि साम्रागी कम्पनीबाट आवश्यक समन्वय गरी थप मल ल्याउन प्रयास गर्ने बताउनुभयो । मल वितरण गर्दै महत्तोले यो वर्ष मल अभावकै कारण वितरण गर्न नपाएको बताउनुभयो । सहकारीमार्फत वितरण गर्दै आएको मल नपाएपछि किसानले रासायनिक मलबिनै धान रोपेका थिए ।
मध्यविन्दु नगरपालिकाका प्रकृति सहकारी संस्था लिमीटेड ,अधिकारी एग्रोभेट , गरिवि निवारण चन्द्रज्योति सहकारी संस्था लिमीटेड ,थनैत रासायनिक मल बीउ किटनाशक विक्री केन्द्र , राधिका कृषि टेड्रस , नवसुर्यकिरण कृषी सहकारी संस्था लिमीटेड , अकला देवि महिला बहुउद्देशिय सहकारी संस्था लिमीटेड ,श्री सिर्जना महिला तथा बचत तथा क्रृण सहकारी संस्था , तमस्रिया साना किसान कृषी सहकारी संस्था लिमीटेड , बाघखोर सामाजिक उद्दमी महिला सहकाारी संस्था लिमीटेड र साना किसान कृषि सहकारी संस्थाले मल कृषि साम्रागी कम्पनी लिमीटेड शाखा कार्यलय कावासोतिबाट मल ल्याएको जनाएको छ । मध्यविन्दु नगरपालिकामा मात्रै होइन् जिल्लाभरीनै मल अभावकै कारण नगरपािलका भित्रका किसानले व्यावसायिक तरकारीसमेत लगाउन पाएका छैनन् ।
कतिपय किसानले मल छरेर धान गोड्ने भन्दै कुरेर बसेका छन् । मुख्यगरी चैतदेखि भदौसम्म किसानलाई बढी रसायनिक मलको आवश्यकता पर्छ । यो सिजनमा वर्षभरिको आधाभन्दा धेरै मलको माग हुन्छ । कृषि साम्रागी कम्पनी लिमीटेड शाखा कार्यलय कावासोति ८का शाखा प्रमुख अनुसार बर्सेनि एक हजार टन युरिया र पाँच सय टन डीएपी मलको माग हुन्छ । मागको आधाभन्दा धेरै वर्षको अन्तिम चौमासिकमा खपत हुन्छ । तर चालु वर्षको अहिलेसम्म एक सय २२४ मेट्रिकटन युरीया मल अर्थात कि ४४८० बोरा मल मात्रै ढुवानी गरेर वितरण गरेको बताउनुभयो ।
तपाइँको प्रतिक्रिया