दुग्ध उत्पादक कृषकहरु र मध्यविन्दु नगरपालिका बिच अन्तरक्रिया

नवलपुर ३१ ,श्रावण।
चोरमारा ।नवलपरासी पुर्व नवलपुरको मध्यविन्दु नगरपालिकामा दुग्ध उत्पादक कृषकहरु र नगरपालिका बिच एक दिने अन्तरक्रिया गोष्ठि सम्पन्न भएको छ । कार्यक्रमका सहभागी दुग्ध उत्पादक कृषकहरुले दुध उत्पादन गर्ने कार्य जोखिम बन्दै गएको गुनासो गरेका छन् । युवा जनशक्ति गाउँमा नबस्ने, उत्पादनका लागि उच्च लागत लगायतका कारण उत्पादन गर्ने कार्य जोखिमपूर्ण बन्दै गएको उनीहरुले गुनासो राखेका थिए ।
मध्यविन्दु नगरपालिका भित्र सञ्चालित सात वटा दुग्ध उत्पादक सहकारी संस्थाका प्रतिनिधिहरुले विभिन्न चुनौतीका बीच पनि उपभोक्तालाई गुणस्तरीय दुध समयमै उपलब्ध गराउनका लागि आफुहरु प्रतिवद्ध रहेको बताएका छन् । दुग्ध उत्पादक कृषकहरुले उत्पादन, प्रशोधन र बजारीकरणमा लागेका कृषकहरुलाई उत्साहित बनाउने गरी नीति निर्माण गर्न तथा प्राविधिक र आर्थिक सहयोग गरी स्थायित्व दिनका लागि स्थानीय सरकारसंग आग्रह गरेका छन् ।
कार्यक्रममा गुनासोहरुलाई सम्बोधन गर्दै प्रमुख अतिथी नगरप्रमुख भिमलाल अधिकारीले दुधको मूल्य माथि सरकारबाटै बृद्धि भएर आउने हुँदा निती नियमको पालना गर्नुपर्ने बताउनुभयो । स्थानीय सरकारले आर्थिक वर्ष २०७९,८० बाटनै १ रुपैया नगरपालिकाले बढाएको बताउनुभयो । उँहाले मध्यविन्दु नगरपाालिकाले कृषकको समस्या प्रदेश सरकार हुँदै केन्द्र सरकार सम्म पुर्याउनका लागी दवाव दिने बताउनुभयो ।
कार्यक्रममा पशु सेवा शाखाका प्रमुख ज्ञानप्रसाद भट्टाईले दूध शुद्ध हुनलाई गोठ देखि ओठ सम्मका हरेक क्रियाकलापहरुमा सर्तकता अपनाउनु पर्ने बताउनुभएको थियो । उँहाले दूध उत्पादन हुने गोठको बातावरण, दूध दुने भाडा, दुधलाई स्टोर गर्ने प्रविधिका आधारमा दूधको शुद्धता कायम गर्न सकिने बताउनुभयो ।
एक दिने अन्तरक्रिया गोष्ठिमा नगरप्रमुख भिमलाल अधिकारी, वडा न ३,४,५,७,९,१२,१३ का वडाअध्यक्षहरु , १५ वडाकै दुग्ध उत्पादक कृषकहरु एव्म सरोकारवाला व्यतिmहरुको आतिथ्यता रहेको थियो ।
तपाइँको प्रतिक्रिया