विकूले आयोजना गरेको हाजिरी जवाफ प्रतियोगितामा विजय सामुदायिक शिक्षा सदन प्रथम

गैँडाकोट, ३१ साउन ।
विकू बचत तथा ऋण सहकारी संस्थाले आफ्नो ३२ औँ वार्षिक उत्सवको अवसरमा मंगलबार गैँडाकोटमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको छ । माध्यामिक विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगितामा विजय सामुदायिक शिक्षा सदन प्रथम, पन्चकन्या मावि रत्ननगर १३ द्धितिय, रत्नराज्य लक्ष्मी मावी तृतीय हुन सफल भए । प्रतियोगितामा हर्कपुर क्षेत्र अन्तर्गत देवचुली देखि चितवन सम्मका २१ वटा विद्यालयले सहभागिता जनाएका थिए ।
प्रथम हुनेले नगद ८ हजार प्रमाणपत्र , द्वितीय हुनेले नगद ६ हजार र प्रमाणपत्र , तृतीय हुनुले नगद ४ हजार र प्रमाणपत्र प्राप्त गरेका छन् । कार्यक्रममा बोल्दै नगर शिक्षा शाखा अधिकृत हेमचन्द्र्र पौडेलले विकूले शिक्षाको क्षेत्रमा विभिन्न विद्यालयलाई समेटेर प्रतियोगिता गरेको प्रति धन्यबाद व्यक्त गर्नु भयो । हाजिरी जवाफ प्रतियोगिताले विद्यार्थिको आन्तरिक क्षमता प्रस्फोटनमा सहयोग पुर्याएको बताउनु भयो ।
कार्यक्रममा बोल्दै विकूका अध्यक्ष ओमप्रसादले ५० पैसा बाट सुरु भएको विकू अहिले ११ अर्वको लगानिमा पुगेको बताउनु भयो । सदस्यहरुलाई लगानि सहित विकूले आफ्नो ३२ औँ वर्ष प्रवेश गरेको अवसरमा विद्यार्थीहरुलाई शिक्षामा अव्बल बनाउनको लागि विभिन्न आयोजना गरिएको बताउनु भयो । सिक्न र सिकाउन पाउनु ठुलो उपलव्धी रहेको बताउदै सापकोटाले हरेक संघ सस्थासंग सहकार्य गरेर काम गर्न तयार रहेको बताउनु भयो ।
कार्यक्रममा निवर्तमान अध्यक्ष केशव सापकोटा, लेखा सुपरिपेक्षक संयोजक कमल सुवेदी लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष यमुनाथ आचार्यले राख्नु भएको थियो । कार्यक्रम विकूका अध्यक्ष ओमप्रसाद सापकोटाको सभापतित्वमा सम्पन्न भएको हो ।
सहकारीले वार्षिक उत्सव मनाउने क्रममा सोमबार र मंगलबार स्कुलस्कुलमा विकू कार्यक्रम सञ्चालन रहेका विद्यालयहरूमा हाजिरी जवाफ प्रतियोगिता गरेको हो । बुधबार कावासोती र चितवनमा ट्रफिक सचेतना कार्यक्रम गर्ने विकू सहकारीले जनाएको छ । विकू बचत तथा ऋण सहकारी संस्थाको ३२ औँ वार्षिक उत्सव आँउदो भदौ पाँच गते परेको छ ।
तपाइँको प्रतिक्रिया