सत्ता गठबन्धनको कार्यदलमा सिट बाँडफाँटको प्रस्ताव आउने संभावना न्यून

काठमाडौं, १ भदौ।
आउँदो प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सिट बाँडफाँटको सहमति जुटाउन बनेको कार्यदलमा सिट बाँडफाँट प्रस्ताव आउने संभावना न्यून देखिएको छ । सोमबार कार्यदलले सिट बाँडफाँटबारे प्रस्ताव ल्याउने जिम्मा कार्यदलका संयोजक कृष्णप्रसाद सिटौलालाई दिएको थियो ।
त्यही अनुरुप नै उनले सत्तारुढ दलका नेताहरुलाई अनौपचारिक रुपमा छलफल गरिरहेका छन् । तर छलफलका आधारमा अहिलेसम्म सिट बाँडफाँटको मिलनबिन्दु के हो भनेर फेला परिनसकेको सिटौला निकट स्रोतले बतायो ।आज (बुुधबार) साँझ बस्ने कार्यदलको बैठकमा सिट बाँडफाँटसम्बन्धी प्रस्ताव पेश गर्ने भनिए पनि त्यसबारेमा कुनै पनि प्रगति हुन नसकेको हो ।
तपाइँको प्रतिक्रिया