९ औँ राष्ट्रिय खेलकुदमा सेपाक ताक्रो खेल सञ्चालनका लागि अनुगमन

नवलपुर,१ भदौ ।
आगामी असोज २८ गतेबाट कार्तिक ३ गतेसम्म सञ्चालन हुने ९ औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सेपाक ताक्रो खेलाउन नवलपुरमा कभर्डहलको अनुगमन गरिएको छ । जिल्लामा सेपाक ताक्रो खेल प्रतियिोगिता सञ्चालन गर्न गैंडाकोट नगरपालिकाको मुकुन्दपुर कभर्डहल र कावासोती नगरपालिकाको योङ्गस्टार कभर्ड हलको अनुगमन गरिएको हो । सेपाक ताक्रो महासंघका केन्द्रिय अध्यक्ष नेत्र प्रसाद गुरुङ्ग, सचिव नेसिर मास्के, जिल्ला खेलकुद विकास समिति नवलपुरका कार्यालय प्रमुख विष्णुलाल श्रेष्ठ, सेपाक ताक्रो राष्ट्रिय खेलाडी विजय महतो र रबिन महतोले कभर्डहलको अनुगमन गर्नुभएको हो ।
प्रतियोगिताको सेपाक ताक्रो र कुस्ती नवलपुर जिल्लामा सञ्चालन गर्ने निश्चित भइसकेको र खोःखो र कबड्डी पनि जिल्लामा सञ्चालन गर्ने प्रक्रियामा रहेको जिल्ला खेलकुद विकास समिति नवलपुरका कार्यालय प्रमुख विष्णुलाल श्रेष्ठले जानकारी दिनुभयो । ९ औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा ३५ वटा खेल खेलाइने छ ।
तपाइँको प्रतिक्रिया