वर्तमान सत्तारूढ गठबन्धन देशद्रोही -अध्यक्ष ओली

काठमाण्डौँ, १ भदौ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी नरहेको बताएका छन् । पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।माओवादी केन्द्र ‘प्रचण्ड एण्ड कम्पनी’ रहेको टिप्पणी गर्दै अध्यक्ष ओलीले कांग्रेस पनि त्यसैको पछिपछि दौडेको बताए ।
ओलीले जनयुद्धमा मारिएका सहिदको सट्टा जाँड खाएर मरेका नेताका आफन्तको शालिक बनाइएको बताएका छन् । महान जनयुद्ध भनेर १७ हजार मान्छे मारेको उनले आरोप लगाए । माओवादीले चुनावमा फेरी जनतालाई ढाँटेर मत लुट्ने गरेको अध्यक्ष ओलीले बताए ।
वर्तमान सत्तारूढ गठबन्धन देशद्रोही गठबन्धन रहेको टिप्पणी गरेका छन् । आज पार्टी कार्यालयमा पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । गठबन्धनका नेताहरूलाई लाजसरम नभएको उनले बताए ।
तपाइँको प्रतिक्रिया