मध्यविन्दु नगरपालिकाको न्यायिक समितिले ७९ विवाद फर्छ्यौट ग¥यो

कावासोती ।
नवलपुरको मध्यविन्दु नगरपालिकामा न्यायिक समितिले आर्थिक वर्ष २०७८÷७९ मा ७९ वटा विवाद फर्छ्यौट गरेको छ ।कुल ९५ वटा विवाद परेको न्यायिक समितिमा ७९ वटा विवाद फर्छ्यौट भएको र १६ वटा विवाद प्रक्रियामा रहेको नगर उपप्रमुख एवम् न्यायिक समिति संयोजक पूर्णकला चौधरीले जानकारी दिनुभयो ।
न्यायिक समितिमा आएका विवादहरूमा सबैभन्दा बढी पति पत्नी बीचको विवाद ४० वटा रहेको छ भने त्यसपछि जग्गा विवाद २७ वटा रहेको छ । यस्तै अन्य विवादहरूमा पारिवारिक विवाद ४ , बाटो विवाद ३, ध्वनि प्रदुषण फैलाएको दुई , छिमेकी विवाद ३ , साँधमा बिरुवा लगाएको ४ , कुलो विवाद ३, विवाह दर्ता र जन्मदर्ता एउटा , गाली बेइज्जत ४ , कुटपिट एउटा , मन्दिर एउटा र अंश विवाद दुई वटा परेको चौधरीले जानकारी दिनुभयो ।
सबैभन्दा बढी विवाद आएको पति पत्नी बीचको विवाद मा ३६ वटामा मेलमिलाप भएको छ । दुई वटा मात्रै प्रकृयामा छ । भने जग्गा विवादमा १८ वटा मेलमिलाप र ९ वटा बाँकी रहेको छ ।न्यायिक समितिबाट हुने न्यायिक निरुपणमा स्थानीयको विश्वास बढ्न थालेको छ । विगतका वर्षहरू भन्दा पछिल्लो वर्षहरूमा न्यायिक समितिमा विवाद आउने सङ्ख्यामा वृद्धि भएको देखिएको छ ।
न्यायिक समितिमा आउने आधिकांश मुद्दामा दुवै पक्षलाई जित हुनेगरि मेलमिलाप गरिने भएकाले यसमा स्थानीयको विश्वास बढ्दै गएको उपप्रमुख चौधरी बताउनुहुन्छ ।न्यायिक समितिलाई प्रदान गरिएको अधिकार क्षेत्र भन्दा बाहिरका मुद्दाहरूमा समेत न्यायिक समितिमा उजुरी आउने गरेका छन् । त्यसरी आएका मुद्दालाई सम्बन्धित निकायमा जानका लागि सुझाव दिने गरेको उहाँले बताउनुभयो ।न्यायिक समितिमा आएका विभिन्न कशहरुमा १५० जनालाई परामर्श समेत प्रदान गरिएको मेलमिलाप सहजकर्ता सरिता केसीले जानकारी दिनुभयो ।
न्यायिक समिति संयोजक चौधरीले आफ्नो क्षेत्राधिकारभित्र रहेर न्याय सम्पादनमा सकेको काम गर्ने प्रतिबद्धता समेत जनाउनुभएको छ । आफू भर्खर मात्रै जनप्रतिनिधिका रुपमा आएको हुँदा आफ्नो कार्यकालमा नागरिकको न्यायका लागि कुनै पनि कुरामा पछि नहट्ने बताउनुभयो । उहाँले मेलमिलापकर्ताको क्षमता दक्षता अभिवृद्धि गर्दै विवाद समाधान गर्न मेलमिलापकर्ता लाई अझै सक्षम बनाउँदै लैजाने बताउनुभएको छ ।
तपाइँको प्रतिक्रिया