विकू ३२ वर्षमा प्रवेश, आइतबार वर्णमाला लोकार्पण तथा पुरस्कार वितरण

गैँडाकोट, ५ भदौ ।
विकू बचत तथा ऋण सहकारी संस्था लि. ३२ वर्षमा प्रवेश गरेको छ । विकूले आइतबार गैँडाकोट १६ अमरापुरीमा वर्णमाला लोकार्पण तथा पुरस्कार वितरण तथा बार्षिकोत्सवको समापन कार्यक्रम गरेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी भुमि व्यवस्था सहकारी तथा गरीबि निवारण मन्त्रालयका सचिव रामप्रसाद थपलियाले विकूले प्रकाशन गरेको वर्णमालाबाट हरेक नागरिक लाभाम्बित हुने बताउदै पुस्तकले धेरै ज्ञानहरु समेटेको बताउनु भयो । थपलियाले विकू सहकारीले वित्तीय साक्षरता, प्रविधि साक्षरता र स्वास्थ्य साक्षरतालाई जोड दिदैं आएको बताउनु भयो ।
कार्यक्रममा बोल्दै नेपाल राजस्व परामर्श समिति अध्यक्ष एवम् पुर्व सचिव महेश प्रसाद दहालले विकूले गरेका कार्यहरु उत्कृष्ट रहेको बताउनु भयो ।गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले सहकारीहरु चल्न नसकेर टाट पल्टिएको आफुले देखेको तर विकू सहकारीले भने देशमा मात्र नभएर अन्तराष्ट्रिय स्तरमा ख्याति कमाएको बताउनु भयो । विकूले गर्ने सामाजिक कार्यहरुले पनि धेरै सदस्यहरु कमाउन सफल भएको बताउनु भयो ।
वार्षिकोत्सवको अवसरमा कर्मचारीहरु विच भएको प्रतियोगितामा उत्कृष्ट भएकाहरुलाई पुरस्कार वितरण गरिएको सचिव प्रेमप्रसाद सापकोटा राजुले जानकारी दिनुभयो । अध्यक्ष ओमप्रसाद सापकोटाले विकूले वित्तीय सेवा संगै गैरवित्तीय, नवीनतम प्रविधिमैत्री सेवा समाज रुपान्तरणका कार्यक्रमले सदस्यको जीवनस्तरमा सकरात्मक परिवर्तन ल्याउन क्रियाशील भएर काम गरिरहेको बताउनु भयो ।कार्यक्रममा उपाध्यक्ष यमुनाथ आचार्यले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको सहजिकरण विकूका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद पौडेलले गर्नु भएको थियो ।सस्थापक अध्यक्ष खेमराज सापकोटा, निर्वतमान अध्यक्ष केशव सापकोटा, राष्ट्रिय भुमि आयोग नवलपुरका अध्यक्ष तारापति खरेल, विजय विकास श्रोत केन्द्र अध्यक्ष लक्ष्मी गौतम लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
वार्षिकोत्सवका अवसरमा साउन २१ गते कर्मचारीहरु बीचमा चम्चा दौड, मोटरसाइकल स्लो रेस, फुटबल र नृत्य प्रतियोगिता, यस्तै साउन ३० र ३१ गते ;स्कुलस्कुलमा विकू कार्यक्रम सञ्चालन रहेका विद्यालयहरुमा हाजिरी जवाफ प्रतियोगिता त्यस्तै भदौ १ गते कावासोती, गैँडाकोट र टाँडीमा ट्राफिक सचेतना, भदौ २ गते देवघाट बृद्धाश्रममा र मध्यविन्दु अस्पतालमा बृद्ध तथा विरामीलाई फलफूल र खाना वितरण, भदौ ३ गते गैँडाकोट देखि चितवन पर्सासम्म मोटरसाइकल प्रभात फेरी, भदौ ४ गते हर्कपुर र कावासोतीमा विहान ७ बजेदेखि रक्तदान कार्यक्रम सम्पन्न गरेको थियो ।
३२ औ वर्षमा प्रवेशको खुसियालीमा विकुले आइतबार साँझ आफ्ना सवै सेवा केन्द्रमा दिप प्रज्वलन समेत गरेको छ । २०४८ साल भाद्र ५ गते दैनिक ५० पैसा संकलन गर्ने अभियानका साथ विकूको स्थापना भएको थियो । विकूमा हाल १ लाख बढि सदस्य रहेका छन्।
तपाइँको प्रतिक्रिया