१० हजार २५४ जनामा कोरोना संक्रमण पुष्टि, १६ जनाको मृत्यु

८ माघ, कामाडौं ।
पछिल्लो २४ घण्टामा थप १० हजार २५४ जनामा कोरोना भाइरस कोभिड–१९० को संक्रमण भएको छ । साथै १६ जनाको मृत्यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ संक्रमितमध्ये ५३०६ जना काठमाडौं उपत्यकाका छन् । काठमाडौंमा ३७६२, ललितपुरमा १११० र भक्तपुरमा ४३४ जना संक्रमित थपिएका हुन् ।
यस्तै कास्कीमा ४००,मोरङमा २७३, सुनसरीमा २१२, कैलालीमा १७०, चितवनमा १५३, रुपन्देहीमा १४९, बाँकेमा १४८, मकवानपुरमा १४७ र काभ्रेमा १०१ जनामा संक्रमण पुष्टि भएको छ ।
तपाइँको प्रतिक्रिया