मध्यविन्दु नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई स्वागत

नवलपुर, ०६ भदौ।
नवलपरासी पुर्ब नवलपुरको मध्यविन्दु नगरपालिकामा नयाँ प्रमुख प्रशासकिय अधिकृतलाई स्वागत गरिएको छ । सोमबार मध्यविन्दु नगरपालिकाका नगरप्रमुख भिमलाल अधिकारि, उपप्रमुख पुर्णकला चौधरी सहित सम्पुर्ण कर्मचारिहरुले उहाँलाई स्वागत गरेका हुन । सोमबार पदभार ग्रहण गर्दै संघीय तथा स्थानीय विकास मन्त्रालयबाट आउनु भएका ज्ञानु प्रसाद पनेरुले मध्यविन्दु प्रमुख प्रशासकीय अधिकृतले जिम्मेवारी सम्हाल्नु भएको छ ।
कार्यालयमा सोमबारबाट हाजिर हुनु भएका नयाँ प्रमुख प्रशासकीय अधिकृत पनेरुलाइ आज औपचारिक स्वागत गरिएको छ । सबैको सम्मान ग्रहण गर्दै भर्खरै जिम्मेवारी सम्हाल्नु भएका प्रमुख प्रशासकीय अधिकृत पनेरुले सरकारको म्याण्डेट अनुसार नगरपालिकाको समग्र विकास, काम र सेवा प्रवाहमा गुणस्तरीय सुधार ल्याउने प्रतिवद्धता व्यक्त गर्नु भयो । यस भन्दा अगाडी मध्यविन्दु नगरपालिकामा बासुदेब खनाल प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्थ्यो । उहाँलाई शुक्रबार नगरपालिकाले बिदाइ गरेको थियो ।
तपाइँको प्रतिक्रिया