मौलाकाली सामुदायिक वनद्धारा बृक्षारोपण तथा जनप्रतिनीधि सम्मान

गैँडाकोट, ६ भदौ ।
मौलाकाली सामुदायिक वन उपभोक्ता समुहले सोमबार बृक्षारोपण तथा जनप्रतिनीधिलाई सम्मान कार्यक्रम सम्पन्न गरेको छ । गैँडाकोट नगरपालिका वडा नं १ र २ का जनप्रतिनीधिलाई सम्मान गरिएको हो । सोहि अवसरमा वनको भवनको पूर्वको पाखोमा करिव २ सय बटा जडिवुटिका विरुवाहरु रोपण गरिएको व्यवस्थापक अर्जुन सापकोटाले जानकारी दिनु भयो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी नगरप्रमुख मदनभक्त अधिकारीले वन समुदायमा हस्तान्त्रण भएपछि अहिले हराभरा भएको बताउनु भयो ।
सरकारले बैज्ञानिक वन कार्यक्रम ल्याएपनि त्यो सफल नभएको तर समुदायमा हस्तान्त्रण भएपछि नागरिकको सक्रियताका कारण वनको संरक्षण सुरु भएको बताउनु भयो ।कार्यक्रममा बोल्दै सव डिभिजन वन कार्यालयका प्रमुख सुर्यसिहं गुरुङले बृक्षारोपण कार्यलाई निरन्तरता दिन र वर्खा नसकिदै रोपण सम्पन्न गर्न आग्रह गर्नु भयो । अहिले जारी भएको वन नियमावलीले स्थानिय तह र वन संगको समन्वयनलाई अझ नजिक बनाएको बताउनु भयो । गुरुङले वनमा पाइने विभिन्न जडिबुटि बारे सवै नागरिकलाई जानकारी दिने गरि वनले थप कार्यक्रम गर्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा वडा नं १ का वडाध्यक्ष सुरेन्द्र प्रसाद रेग्मीले मौलाकालि सामुदायिक वनले वनको संरक्षण संगै पर्यटकिय क्षेत्रको रुपमा विकास गर्नको लागि तालको निर्माण गरिरहेको बताउनु भयो ।वडा नं २ का वडाध्यक्ष प्रकाश सापकोटाले सरकारले २०७९ ल्याएको सामुदायिक वन नियमावलीले वन संरक्षणमा केहि अव्ठ्याराहरु ल्याएको बताउदै छुट्ै स्थनिय वन ऐन नियमावली बनाउन पहल गर्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा बोल्दै वनका अध्यक्ष हरिप्रसाद सापकोटाले जडिबुटिका विरुवाहरु रोपण गर्ने र त्यसको संरक्षणको काम भैरहेको जानकारी दिनु भयो । जंगली जनावरबाट जोगाउन जोखिमका बस्तीमा तारबारको काम गरिएको जानकारी दिनु भयो ।
कार्यक्रममा पुर्व अध्यक्ष तथा निवर्तमान सल्लाहकार संयोजक शालिकराम सापकोटा, नारायणी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष दिनानाथ त्रिपाठी लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।वनका उपाध्यक्ष भगवन घिमिरे स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको सहजिकरण कोषाध्यक्ष कमल कंडेलले गर्नु भएको थियो ।
तपाइँको प्रतिक्रिया