कक्षा १२ को नतिजा सार्वजनिक

काठमाडौं, १७ भदौ ।
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलय (कक्षा १२)ले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ ।गत जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षाको नतिजा बोर्ड शुक्रबार प्रकाशित गरेको हो ।बोर्डका अनुसार यस वर्ष १ लाख ८८ हजार ४१० जना नन ग्रेडिङमा परेका छन् । नन ग्रेडिङमा परेका विद्यार्थीहरुले उच्च शिक्षामा भर्ना हुन नपाउने बोर्डले जनाएको छ ।देशभरका १ हजार २ सय ९२ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो ।
ग्रेडिङ पद्धतीअनुसार नतिजा प्रकाशित गरिएको हो। बोर्डले गत जेठ १६ देखि २५ गतेसम्म परीक्षा सञ्चालन गरेको थियो।यसपालि कूल तीन लाख ९६ हजार १८५ जना विद्यार्थी परीक्षामा सहभागी थिए। चार लाख १० हजार ६८ जनाले परीक्षा फारम भरेका थिए।कूल ४३ जनाको परीक्षा रद्द भएको थियो। जिपिए ३.६१ देखि ४ सम्म ल्याउने विद्यार्थी चार हजार एक सय ७९ छन्। साथै कम ल्याउने जिपिए १.६१ देखि २ ल्याउने विद्यार्थी संख्या ३५ जना छन्।
तपाइँको प्रतिक्रिया