नवलपुरका पत्रकारहरुलाई अभिमुखिकरण

गैँडाकोट, १७ भदौ ।
निर्वाचनका समयमा पत्रकारहरुले गर्नुपर्ने ‘मर्यादित तथा निश्पक्ष रिपोर्टिङ’ का विषयमा एकदिने अभिमुखिकरण कार्यक्रम गैँडाकोटमा सम्पन्न भएको छ । अभिमुखिकरण कार्यक्रम विजय विकास स्रोत केन्द्रले आयोजना गरेको हो । भिडिआरसीको सभाहलमा अन्तरकृया आयोजना गरिएको हो ।
कार्यक्रममा आफ्ना भनाईहरु राख्दै भिडिआरसीका कार्यकारी निर्देशक केशव प्रसाद सापकोटाले पत्रकारहरुले सम्वेदनशिल भएर कलम चलाउनु पर्ने बताउनु भयो ।
नेपाल पत्रकार महासंघ नवलपुरका अध्यक्ष बिरेन्द्र पराजुलीले ब्यवहारिक ज्ञान विना पत्रकारीता गर्न नसकिने बताउनु भयो । निर्वाचन केन्द्रित अभिमुखिकरण कार्यक्रम स्थानिय पत्रकारहरुका निम्ति फलदायि भएको उहाँले बताउनुभयो ।कार्यक्रममा नवलपुरका १८ जना पत्रकारहरुको सहभागिता थियो । गभर्नेन्स ईन्टरनेशनल नेपालका डाईरेक्टर, अधिवक्ता संजिव घिमिरे र राससका सम्पादक तथा फ्रिडम फोरम नेपालका अभियन्ता कृष्ण सापकोटाले प्रशिक्षण दिदै ‘आचरणयुक्त तथा स्वतन्त्र पत्रकारिता’ का विषयमा प्रकाश पार्नुभएको थियो ।
सापकोटाले समाचारमा काहाँ, के, कसरी, किन जस्ता विषय संगै कारण, परिणाम सहितको विषयबस्तु ल्याउन सक्नु पर्ने र यस विषयमा पत्रकारहरुविच छलफल समेत हुनुपर्ने बताउनु भयो । भिडिआरसीका कार्यकारी निर्देशक केशव प्रसाद सापकोटाको अध्यक्षतामा भएको एकदिने अभिमुखिकरण कार्यक्रममको संचलन भिडिआरसीका परियोजना ब्यवस्थापक आदर्श सिग्देलले गर्नुभएको थियो ।
तपाइँको प्रतिक्रिया