भरतपुरमा पहिलो चरणको विद्युत भूमिगत गर्ने कार्य सुरु, अध्यक्ष प्रचण्डद्धारा उद्घाटन

चितवन ।
भरतपुरमा पहिलो चरणको विद्युत भूमिगत गर्ने कार्यको थालनी भएको छ । नेपाल विद्युत प्राधिकरण अन्तर्गतको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले शनिबार भूमिगत गर्ने कार्यको औपचारिक रुपमा थालनी गरेको हो । परियोजनाको एक कार्यक्रमका बीच पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाट गर्नुभयो ।विद्युतीय तार परियोजनाको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले भूमिगत वितरण प्रणालीले विकासको अर्को चरण सुरुवात गरेको उल्लेख गर्नुभयो । उहाँले यो प्रणालीबाट जनताले सुरक्षित र गुणस्तरीयसहितको सहज सेवाका लागि वातावरण बन्ने बताउनुभयो । उहाँले भरतपुरमा मात्र नभइ चितवन जिल्लालाई नै भूमिगत प्रणाली लैजानुपर्ने धारणा राख्नुभयो । भरतपुरले देशभर विकासको मोडल पेश गर्नुपर्ने अवस्था आइपुगेको उहाँ उल्लेख गर्नुभयो ।
वितरण प्रणालीलाई भूमिगत तथा सृदृढीकरण र अटोमेशन गर्ने उद्देश्यले तारहरुलाई भूमिगत गर्न लागिएको आयोजनाका प्रमुख इन्जिनियर वीरेन्द्र कुमार झाले जानकारी दिनुभयो ।नेपाल सरकारले काठमाण्डौँ पोखरा र भरतपुरका मुख्य सहरका विद्युतीय तारलाई भूमिगत गर्ने गरी एकैपटक बजेट विनियोजन गरेको थियो । काठमाण्डौँ र पोखरामा यस कामअघि सुरु भैसकेको छ । भरतपुरमा निर्माणधिन ६ लेन सडक, बाइपासरोड र आँपटारीदेखि पुलचोकसम्म पहिलो चरणमा काम थालनी गरिएको छ । आयोजना प्रमुख झाका अनुसार, पहिलो चरणमा ३१३ किलोमिटर सडकमा दुवैतर्फ विद्युतीय तार भूमिगत हुनेछ । यही फाउण्डेशनमा इन्टरनेट र केवल टेलभिजनका तार पनि भूमिगत हुनेछन् । विद्युतिय तार भूमिगत गर्न सडक निर्माणसँग सम्बन्धित रहेकाले सडकसँगको समन्वयमा काम गर्ने उनले बताए । पहिलो चरणको सुरुवात भरतपुर ओरालोस्थित भरतपुर महानगरको कार्यालय अगाडिबाट गरिएको छ ।
भरतपुर वितरण केन्द्र अन्तरगत पर्ने मुख्य सहरी सडकहरुको एच.टी÷एट.टी लाईनहरु भूमिगत गर्ने तथा ट्रान्सफरमहरु सुदृढीकण र एल.टी लाईनहरु बिछ्याउने आयोजना रहेको छ । एशियाली विकास बैंकको ऋण सहयोगमा दुई वर्षभित्र सक्ने गरि भारतको बहुराष्ट्रिय कम्पनी टाटाले ठेक्का पाएको छ । यस आयोजनाको बजेट दुई अर्व ५८ करोड ६९ लाख ३८ हजार ३५२ रुपैयाँ रहेको छ ।नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भूमिगत तार प्राणाली सुरक्षाका दृष्टिकोणले बहुउपयोगी रहेको बताउनुभयो । उनले भूमिगत प्रविधिद्धारा सुदृढीकरण गरी गुणस्तरीय, सुरक्षित तथा भरपर्दो विद्युत सेवाप्रदान गरि सौन्दर्यकरण बढाउने उहाँले बताउनुभयो ।
कार्यक्रममा बोल्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले परियोजनाले निर्धारित समयमा काम नगर्ने परिपाटीको विकास भएको भन्दै समयमै काम सक्न निर्माण व्यवसायीलाई आग्रह गर्नुभयो ।यस्तै भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले भरतपुरको विकासमा भूमिगत विद्युतीकरण गर्ने कार्य नयाँ श्रङखालाको सुरुवात भएको उल्लेख गर्नुभयो ।
तपाइँको प्रतिक्रिया