चुनावमा हार्छु कि भन्ने डर छः गगन थापा

काठमाडौं,१८ भदौ ।
नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले चुनाव नजिकिँदै गर्दा पराजित भइन्छकी भन्ने डर हुने गरेको बताएका छन्। चुनावमा जितरहार दुवै हुने भएपनि आफूलाई हारिएलाकी भन्ने डरले बढी सताउने गरेको थापाले आफ्नो अनुभूति सुनाएका हुन्।
काठमाडौँको बुढानीलकण्ठस्थित भ्याली पब्लिक माध्यामिक विद्यालयले शनिबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै थापाले विद्यार्थीलाई पनि परीक्षामा फेल भइएलाकी भन्ने डर लाग्ने अवस्था आउन नदिन उनीहरुलाई फेल पनि भइन्छ भन्ने कुरा सिकाउन आवश्यक रहेको बताए। महामन्त्री थापाले सफलता र असफलता दुवै कुरा जिन्दगीमा हुने कुरालाई बोध गराउँदै विद्यार्थीको पठनपाठनलाई अघि बढाउन पनि सो विद्यालयलाई आग्रह गरे।
तपाइँको प्रतिक्रिया