नवलपुर २ मा एमालेका २९ जनाको नाम दर्ता, संघ तर्फ महतको एकल नाम सिफारिस

दयाराम आचार्य, कावासोती ।
संघ र प्रदेशको निर्वाचनका लागि नवलपुर २ मा २९ जनाको नाम सिफारिस भएको छ । संघ र दुईवटा प्रदेश क्षेत्रमा प्रत्येक्ष तथा समानुपातिक गरि २९ जनाको नाम सिफारिस भएको एमाले प्रचार तथा प्रकाशन विभाग नवलपुरका संयोजक सागर पोख्रेलले जानकारी दिनुभयो ।जस अनुसार नवलपुर २संघ तर्फ प्रत्येक्षमा तिलक महतको एकल नाम सिफारिस भएको छ।
समानुपातिक तर्फ भने ज्ञान बहादुर बोटे, सुरज कुमार कहार र दान कुमारी पाण्डेको नाम सिफारिस भएको छ ।प्रदेशसभा तर्फ दुईको क मा प्रत्येक्षमा सुर्य प्रसाद पाण्डे ,पद्मा जिसी श्रेष्ठ र मोहदत्त अधिकारीको नाम सिफारिस भएको छ । समानुपातिकमा क मा लिला पोख्रेल थनेत,युक्तप्रसाद गौडेल, नेत्र बहादुर विश्वकर्मा, चिन्तामणी महतो चौधरी, पूर्ण प्रकाश सुनार, सरस्वती पन्थी, प्रेमशंकर मर्दनिया, बाल प्रसाद ठाडा मगरको नाम सिफारिस भएको छ ।
२ को ख मा प्रत्येक्ष तर्फ लक्ष्मण बहादुर पाण्डे ,पदमराज लम्साल, कर्ण बहादुर सुनारी, बाबुराम पाण्डे, रामप्रसाद आचार्य यस्तै समानुपातिक तर्फ दिपक विश्वकर्मा, सागर लुइटेल, जोगमाया महतो, लक्ष्मी सुनार, रन्नता काफ्ले, राधा ढकाल, सरिता शर्मा भट्टराई, सुनिता गहतराज सुनार र केवल बहादुर पाल्पालीको नाम जिल्ला किमिटिमा सिफारिस भएको छ । आज आकाङ्क्षा देखाउनेको नामावली संकलन गरि आएका सबै नाम जिल्लालाई सिफारिस गरिएको हो ।
तपाइँको प्रतिक्रिया