पर्यटनमन्त्रीले थुनाएका सुरक्षागार्डलाई छाड्ने तयारी

काठमाडौं ।
पर्यटनमन्त्री जीवनराम श्रेष्ठले थुनाएका सुरक्षागार्डलाई छाड्ने तयारी भएको छ । गृहमन्त्री बालकृष्ण खाणको निर्देशनपछि प्रहरीले प्रमुख जिल्ला अधिकारीसमक्ष पेस गरेर छाड्ने तयारी गरेको हो ।काठमाडौं प्रहरी प्रवक्ता दिनेश मैनालीले सरकारी वकिल कार्यालयमार्फत प्रमुख जिल्ला अधिकारीसमक्ष पेस गर्ने तयारी भइरहेको बताए ।
प्रहरीले छाया सेन्टरमा कार्यरत सुरक्षागार्ड शेरजंग गुरुङलाई आइतबार पक्राउ गरेर अभद्र व्यवहारमा अनुसन्धान थालेको थियो । प्रमुख जिल्ला अधिकारीले पाँच दिनको थुना म्याद दिएपनि चर्को आलोचना भएको थियो ।भिसाको कामले छाया सेन्टरस्थित भीएफएस भिसा सेन्टर पुगेका पर्यटनमन्त्री श्रेष्ठलाई आफूले लाइनमा बस्नुस् भन्दा उल्टै थुनाएको आरोप गुरुङको छ ।
यसैविच संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई ‘लाइनमा बस्नुस’ भन्दा पक्राउ परेका सुरक्षागार्ड शेरजंग गुरुङसँग रवि लामिछानेले तस्वीर खिचेपछि प्रहरी वृत्त दरबारमार्गमाथि छानबिन सुरु भएको छ ।
छानबिन थाल्नु अगावै लामिछानेलाई भेट्न दिने प्रहरी निरीक्षक विकास तामाङको जिम्मेवारी खोसिएको छ । उनलाई उपत्यका प्रहरी कार्यालय रानीपोखरी तानिएको छ ।
तपाइँको प्रतिक्रिया