सर्वसाधारणले २९ भदौदेखि नयाँ नोट साट्न पाउने

२१ भदौ, काठमाडौं ।
सर्वसाधारणले २९ भदौदेखि नयाँ नोट साट्न पाउने भएका छन् । दसैं, तिहार र छठ जस्ता चाडपर्वलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंंकले नयाँ नोट सटही सुविधाको मिति तोकेको हो ।सर्वसाधारणले काठमाडौं उपत्यकामा २९ भदौ र उपत्यका बाहिर भने २ असोजदेखि नयाँ नोट साट्न सक्ने नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपाल बताउँछन् ।
राष्ट्र बैंकले २६ भदौदेखि बैंक तथा वित्तीय संस्थाहरूलाई नयाँ नोट सटही सुविधा प्रदान गर्ने र सर्वसाधारणले उपत्यकामा २९ भदौ तथा उपत्यका बाहिर २ असोजबाट नयाँ नोट सटही गर्न सक्ने उनले बताए । गत वर्ष जस्तै यसवर्ष पनि सर्वसाधारणले प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँ बराबर नयाँ नोट सटही सुविधा पाउने उनले बताए । ५, १०, २०, ५० र १०० रुपैयाँसम्मका नोट एक÷एक वटा बन्डल हुने गरी १८ हजार ५०० रुपैयाँमा सीमा तोकिएको हो ।
तपाइँको प्रतिक्रिया