टिकटक बन्द गर्न माग गर्दै सडकमा युवा, मुख्यमन्त्रीलाई बुझाइयो ज्ञापन पत्र

जनकपुरधाम, २३ भदौ ।
नेपालमा टिकटक एप बन्द गर्नुपर्ने माग राखेर युवाहरुले संघर्ष समिति नै बनाएर आन्दोलन सुरु गरेका छन् । बिहिबार आज मधेसको राजधानी जनकपुरधाममा प्रदर्शन गरेका छन् ।जनकपुरधामको विभिन्न भागमा प्रदर्शनपछि युवाहरुको समूह मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापन पत्र बुझाउन मधेस भवन पुगेका थिए । तर मुख्यमन्त्री राउत कार्यालयमा नभेटेपछि कर्मचारीलाई ज्ञापन पत्र बुझाएको छ ।
‘टिकटकका कारण मधेसका चेलीबेटीहरु शारीरिक शोषणका सिकार हुने गरेको र यहाँका युवतीहरु आर्थिक प्रभावमा परेर आफ्नो गोप्य अंग देखाउने गरेकाले समाजमा विकृति बढेको भन्दै टिकटक बन्द गराउनुपर्ने युवाहरुको भनाई छ ।
तपाइँको प्रतिक्रिया