ऋषि कट्टेलले मुद्दा हालेर नेकपा फुटाइदिए- पुष्पकमल दाहाल

काठमाडौं, भदौ, २३ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले तत्कालिन नेपाल कम्युनिष्ट पार्टी नेकपा बिरुद्धमा मुद्दा हालेर पार्टी फुटाइदिएको भन्दै नेकपाका अध्यक्ष ऋषि कट्टेलप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ । बिहीवार शहीद सुरेश वाग्ले वासु स्मृति प्रतिष्ठान, नेपालले काठमाडौंमा आयोजना गरेको २४ औँ शहीद सुरेश वाग्ले वासु र भीमसेन पोखरेल ९बैरागी० स्मृति दिवस तथा स्मृति ग्रन्थ सार्वजनिकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले असन्तुष्टि व्यक्त गर्नुभएको हो ।
अध्यक्ष दाहालभन्दा अगाडी मन्तव्य राख्नुभएका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले नेपाली काँग्रेससँग भाग मागेर उत्पीडित वर्ग र समुदायको मुक्ति नहुने टिप्पणी गर्नुभएको थियो । सोही टिप्पणीको जवाफ दिँदै अध्यक्ष दाहालले कम्युनिष्ट आन्दोलनलाई एक बनाउँदा फुटाउनका लागि अदालत गएको भन्दै कट्टेलप्रति असन्तुष्टि व्यक्त गर्नुभएको हो । उहाँले तत्कालिन नेकपा फुटाउन अदालत जानेले संविधान र गणतन्त्रको रक्षाको लागि गरिएको कामलाई गलत भन्नु नहुने बताउनु भयो । उहाँले कट्टेललाई जनक्रान्तिको बेलामा कहाँ हुनुहुन्थ्यो , किन त्यो आदर्शमा लाग्नुभएन भन्ने प्रश्न समेत गर्नुभयो ।
तपाइँको प्रतिक्रिया