निशुल्क स्वास्थ शिविरमा गैँडाकोटका ६सय ६५ जनाले गरे स्वास्थ जाँच

गैँडाकोट, २३ भदौ ।
गैँडाकोट नगर अस्पतालमा आयोजना भएको शिविरमा ६ सय ६५ जनाले गरे स्वास्थ जाँच गरेका छन् ।गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले रोग लाग्नु भन्दा पहिले नै सचेत हुने बानिको विकास गर्नु पर्ने बताउनु भएको छ । गैँडाकोट नगर अस्पताल, भेडाबारीमा मंगलबार भएको स्वास्थ्य शिविरमा प्रमुख अतिथीको रुपमा सहभागि हुदै अधिकारीले स्वास्थ्य सम्बन्धि शिविरले धेरैले सेवा लिन पाएको भन्दै अधिकारीले आयोजकलाई धन्यबाद व्यक्त गर्नु भयो ।
१०९ंऔ बी.पि. जयन्तीको अवसरमा नेपाली कांग्रेस क्षेत्रिय कार्य समिति प्रतिनिधि सभा क्षेत्र नं १ नवलपरासी ब.सु.पूर्व , नेपाल स्वास्थकर्मी वी.पी. कोईराला मेमोरियल क्यान्सर अस्पताल र प्रजातन्त्रबादी चिकित्सक संघको आयोजनामा बृहत निशुल्क स्वास्थ शिविर आयोजना गरिएको थियो ।कार्यक्रममा बोल्दै नगर उपप्रमुख शान्ति कोइरालाले भाषणलाई भन्दा काममा विश्वास गर्ने संग धेरै कुरा गर्नु नपर्ने बताउदै आयोजना गरेको शिविरमा सहभागिता जनाउन पाएकोमा खुसि व्यक्त गर्नु भयो ।
नेपाली कांग्रेस क्षेत्रिय कार्य समिति प्रतिनिधि सभा क्षेत्र नं १ का सभापति अमृत भट्चनले निशुल्क शिविर गर्न पाउदा खुसि लागेको बताउनु भयो । स्वास्थ्य सेवा घरदैलोमै पाउनु पर्छ भन्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको भट्चनले बताउनु भयो ।
शिविरमा मुटु सम्बन्धि चेकजाँचका लागि कार्डियो टिम, क्यान्सर स्कीनिङबाट पाठेघर जाँच, एपोलो डेन्टल तथा चितवन मेडिकल कलेजको टिमबाट दाँतको जाँच, बरिष्ठ क्यान्सर रोग विशेषज्ञ तथा प्राविधिक सहित ६३ जनाको टिमले स्वास्थ्य जाँच गरेको नेपाल स्वास्थकर्मी वी.पी. कोईराला मेमोरियल क्यान्सर अस्पतालका अध्यक्ष रमेश शर्मा पौडेलले जानकारी दिनु भयो । शिविरमा निशुल्क औषधि वितरण पनि गरिएको थियो ।
कार्यक्रममा गैँडाकोट वडा नं २ का वडाध्यक्ष प्रकाश सापकोटा, गैडाकोट ११का समाजसेवी व्यक्तित्व हरीराज गौतम लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।स्वागत मन्तव्य रमेश शर्मा पौडेलले राख्नु भएको कार्यक्रम अध्यक्ष अमृत भट्चनको अध्यक्षतामा सम्पन्न भएको थियो । भने कार्यक्रमको सहजिकरण नेपाली कांग्रेस क्षेत्रिय कार्य समिति प्रतिनिधि सभा क्षेत्र नं १ का क्षेत्रिय सचिव अमृत श्रेष्ठले गर्नु भएको थियो ।
तपाइँको प्रतिक्रिया