सरस्वति निकेतनले मनायो एजुकेशन फेयर २०७९, विद्यार्थीहरुले गरे शैक्षिक प्रदर्शनि

गैँडाकोट, २४ भदौ ।
गैँडाकोट १ मा रहेको सरस्वति निकेतन स्कुल अफ साईन्स एण्ड मेनेजमेन्टले शुक्रबार विद्यालयमा एजुकेशन फेयर २०७९ मनाएको छ । फेयरमा निर्सरि देखि कक्षा १२ सम्मका विद्यार्थिहरुले छुटछुट्ै स्टलमा शैक्षिक प्रदर्शनि गरेका थिए । कक्षा १ का विद्यार्थिहरुले जातजातिका भेषभुषा प्रदर्शन गरेका थिए । कक्षा ५, ६ र ७ का विद्यार्थीहरुले महिनावारी सम्बन्धि सचेतना मुलक नाटक प्रदर्शन गरेका थिए । भने केहि विद्यार्थीहरुले नृत्य प्रदर्शन गरेको अतिरिक्त क्रियाकलाप संयोजक समिर सापकोटाले जानकारी दिनु भयो ।
विद्यालयका प्रिन्सिपल. भरतबाबु कंडेलले विद्यार्थीको ग्रेड भन्दा पनि प्रतिभा, क्षमता र व्यवहारिक ज्ञान कति छ हेर्नु पर्ने बताउदै आफ्ना बालबालिकाको मुल्याकंन आफै गर्न अभिभावकहरुलाई आग्रह गर्नु भयो । विद्यार्थिले जे बन्न चाहान्छन् त्यसमै विद्यालयले प्रोत्साहित गर्ने बताउनु भयो ।सोहि अवसरमा केहि समय अगाडि नवलपुर प्याप्सनको आयोजनामा भएको लोक नृत्य प्रतियोगितामा द्धितिय स्थान हासिल गर्ने विद्यार्थिहरुलाई नगद सहित सम्मान गरिएको थियो । विद्यालयका प्लस टु संयोजक कमल तिवारीले.क्षमता हेरेर विद्यार्थिलाई अभिभावकले हौसला दिनु पर्ने बताउनु भयो ।
कार्यक्रममा हिल्सन्स पौडेल र समिक्षा ढकालले साइन्स टेक्नोलोजि र कम्प्युटरको बारेमा आफ्ना भनाई राखेका थिए । कार्यक्रम विद्यालयका सञ्चालक समिति अध्यक्ष चोक्षादेवि देवकोटा कंडेलको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रमको सहजिकरण साहायक प्राचार्य लक्ष्मण कंडेल र विद्यार्थी प्रवेश सिग्देलले गर्नु भएको थियो ।
तपाइँको प्रतिक्रिया