कालिका महिला संञ्जाल गैँडाकोट ८ द्धारा ३ दिने क्रिष्टल माला बनाउने तालिम सञ्चालन

गैँडाकोट, २४ भदौ ।
कालिका महिला संञ्जाल गैँडाकोट ८ ले शुक्रबारबाट क्रिष्टल बनाउने सिपमुलक कार्यक्रम सुरु गरेको छ । ३ दिन सम्म कार्यक्रम सञ्चालन हुने अध्यक्ष ज्ञानकुमारी घिमिरेले बताउनु भयो । गैँडाकोट नगरपालिकाको आर्थिक सहयोगमा सुरु भएको कार्यक्रम बडा नं ८ को वडा कार्यालयमा भैरहेको छ । कार्यक्रममा वडाका ३२ जना महिलाहरुको सहभागिता रहेको छ ।
कार्यक्रममा क्रिष्टलबाट बन्ने विभिन्न डिजाईनका माला, टप, औठिहरु सिकाउन सुरु भएको उपाध्यक्ष पार्वति सापकोटाले जानकारी दिनु भयो । कार्यक्रममा गैँडाकोट ५ का अञ्जना तिवारीले प्रशिक्षण दिनुभएको छ ।
तपाइँको प्रतिक्रिया