हैदराबादमा गणेशलाई चढाइएको २१ केजी लड्डु २४.६० लाख भारुमा बिक्री

भदौ २५, एजेन्सी ।
भारतको हैदराबादमा बालापुर गणेशलाई चढाइएको २१ किलोग्राम लड्डु शुक्रवार २४.६० लाख भारु ९झन्डै ४० लाख रुपैयाँ० मा बिक्री भएको भारतीय सञ्चारमाध्यम एनडीटीभीले जनाएको छ ।गणेश चतुर्थीका अवसरमा गणेशको प्रतिमामा चढाइएको लड्डु लिलामीमा यति महँगो मूल्यमा बिक्री भएको हो ।
स्थानीय व्यापारी वी लक्ष्मा रेड्डीले गणेशलाई चढाइएको लड्डु किनेका खबरमा उल्लेख छ । गएको वर्ष लड्डु १८.९० लाख भारुमा बिक्री भएको थियो । गणेशलाई चढाएको लड्डु किन्दा सौभाग्य हुने, राम्रो स्वास्थ्य, सम्पत्ति र खुसी प्राप्त हुने स्थानीयवासीको मान्यता छ । गणेशको मूर्ति विसर्जन गर्नुअघि लड्डु लिलामी भएको हो ।
यसैबीच सहरमा गणेशको मूर्ति विसर्जन कार्यक्रममा मानिसको भिड बढेपछि धेरै सङ्ख्यामा प्रहरी परिचालन गरिएको खबरमा उल्लेख छ । विसर्जन कार्यक्रम आज शनिवार दिउँसोसम्म चलेको थियो । । १० लाख सीसीटीभीको सहयोगमा पूरै तेलङ्गाना राज्यमा मूर्ति विसर्जन शोभा यात्रामा नजर राखिएको प्रहरीले जनाएको छ ।
राज्य सरकारले हैदराबाद र नजिकको जिल्लामा शुक्रवार सार्वजनिक बिदा घोषणा गरेको थियो । बालापुरदेखि हुसैनपुरसम्म १९ किलोमिटरको पूरै यात्रा मार्गमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
तपाइँको प्रतिक्रिया