एलिजावेथको सम्मानमा तीन दिन शोक मनाउने सरकारको निर्णय

काठमाडौं, भदौं २६ गते ।
सरकारले संयुक्त राज्य बेलायतकी महारानी एलिजावेथ द्वितीयाको निधनमा तीन दिन शोक मनाउने निर्णय गरेको छ । भदौ २४ गते बसेको मन्त्रीपरिषद्को निर्णय सुनाउँदै आईतवार सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यस्तो जानकारी गराउनुभएको हो । उहाँले सरकारले बेलायत सरकार, बेलायती जनता, एवं शोक सन्तप्त बेलायती राजपरिवारप्रति नेपाल सरकार हार्दिक समवेदना व्यक्त गरेको छ ।
प्रवक्ता कार्कीले सरकारले स्व। महारानीको सम्मानमा ३ दिन शोक मनाउने र नेपालभरका सरकारी कार्यालयहरु एवं विदेशस्थित नेपाली राजदुतावास र नियोगहरुमा राष्ट्रिय झण्डा आदि झुकाउने उक्त सूचना नेपाल राजपत्रमा अतिरिक्ताङ्क गरी प्रकाशित गर्ने निर्णय गरेको बताउनु भयो ।
तपाइँको प्रतिक्रिया