आजदेखि दिन थालियो नयाँ नोट

काठमाडौं, २९ भदौ ।
राष्ट्र बैंकले भदौ आजदेखि सर्वसाधारणलाई नयाँ नोट दिन थालेको छ। अरू बैंकहरूलाई पनि नयाँ नोट वितरण गर्न भदौ २६ गते नयाँ नोट पाएका थिए। सर्वसाधारणले प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँ बराबरको नयाँ नोट सहटी सुविधा पाउनेछन्।
सर्वसाधारणले पाँच रुपैयाँदेखि एक सय रुपैयाँसम्मको एकरएक बण्डल नयाँ नोट पाउने भएका हुन्।बैंक तथा वित्तीय संस्थाले भने राष्ट्र बैंकबाट दुईदेखि पाँच करोड रुपैयाँसम्म नयाँ नोट सटही सुविधा पाउनेछन्।
दशैंको लागि मात्रै राष्ट्र बैंकले १० देखि १३ अर्ब रुपैयाँको नयाँ नोट बजारमा पठाउने गरी तयारी गरेको छ। गत वर्ष दशैंमा सात अर्ब रुपैयाँ बराबरका नयाँ नोट बजारमा सटही भएको थियो।
तपाइँको प्रतिक्रिया