नेपाल विश्वविद्यालय स्थापनको लागि मध्यविन्दु नगरपालिकाद्वारा आवश्यक सहमति प्रदान

तिर्थराज डुम्रे, चोरमारा ।
नेपाल विश्वविद्यालय स्थापनाको लागि मध्यविन्दु नगरपालिकाले आवश्यक सहमति पत्र बिहिबार हस्तान्तरण गरेको छ । नेपाल विश्वविद्यालय स्थापना सम्बन्धी अन्तक्र्रिया कार्यक्रममा मध्यविन्दु नगरपालिका प्रमुख भिमलाल अधिकारीले विश्वविद्यालय पुर्वाधार विकास निर्माण तयारी समितिका संयोजक डा. अर्जुन कार्कीलाई जग्गा व्यवस्थापनको विषयमा वडा र नगरकार्यपालिकाबाट भएको निर्णयको पत्र हस्तान्तरण गर्नु भएको हो ।
नेपाल विश्वविद्यालय स्थापनको सम्बन्धमा बिहिबार मध्यविन्दु नगरपालिकामा नगरपालिका भित्रका विभिन्न सरोकारवालाहरुको सहभागितामा अन्तक्र्रिया भएको थियो । अन्तक्र्रिया कार्यक्रमको शुरुवातमा विषय प्रवेश गर्दै नगर प्रमुख भिमलाल अधिकारीले मध्यविन्दु नगरपालिका क्षेत्रमा विश्वविद्यालय स्थापना हुनु गर्वको विषय हुने भन्दै त्यसको लागि सबै सरोकारवाला पक्षको साझाँ बुझाई र पहल आवश्यक रहेको बताउनुभयो । उहाँले विश्व इतिहासमा विश्वविद्यालयको इतिहास लामो भएपनि नेपालमा करिव सात दशक मात्रै लामो विश्वविद्यालय इतिहास रहेको उल्लेख गर्दै अब बन्ने नेपाल विश्वविद्यालय हरेक दृष्टिले उत्कृष्ट हुनुपर्ने बताउनुभयो । उहाँले विश्वविद्यालय स्थापनाको लागि मध्यविन्दु नगरपालिका र हुप्सेकोट गाउँपालिकाको सिमा क्षेत्रमा अवस्थित जग्गालाई व्यवस्थापन गर्नेगरी दुवै पालिका र सो क्षेत्रका स्थानीयको समेत सहमति प्राप्त भएको भन्दै अब त्यस तर्फ आवश्यक कार्य अगाडी बढाउन समेत निर्माण तयारी समितिलाई अनुरोध गर्नुभयो ।
अन्तक्र्रियामा विश्वविद्यालय स्थापनको लागि भएका हाल सम्मको प्रयास र अबको अवस्था बारेमा पुर्वाधार विकास निर्माण तयारी समितका संयोजक डा. अर्जुन कार्कीले जानकारी गराउनु भएको थियो । नेपाल सरकारबाट विश्वविद्यालय स्थापना सम्बन्धि ऐन पारित भएर संसदिय सुनुवाईको चरणमा पुगेको भन्दै उहाँले विश्वविद्यालय स्थापनाको लागि आवश्यक जग्गाको व्यवस्थापन गर्न समिति अहिले लागि परेको बताउनुभयो । नवलपुरको विभिन्न स्थानीय तहमा विद्यालय स्थापनको लागि जग्गा व्यवस्थापनको सम्बन्धमा अवलोकन गरिरहेको उहाँले जानकारी गराउनुभयो । मध्यविन्दु नगरपालिकाले जग्गा व्यवस्थापनको लागि गरेको पहल महत्वपूर्ण रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा सहभागीहरुले विश्वविद्यालयमा अध्ययन हुने विषय, हाल कायम रहेका भन्दा नेपाल विश्वविद्यालय के अर्थमा फरक र मध्यविन्दु नगरपालिकामा विद्यालय स्थापनको लागि नगरपालिकाले वा नागरिक समाजले खेल्नुपर्ने भूमिकाको बारेमा जिज्ञासा राखेका थिए सहभागीहरुबाट उठेको जिज्ञासाको जवाफ दिदै डा. कार्कीले नेपाल विश्वविद्यालय कुनै निजि विश्वविद्यालय नभई सार्वजनिक विश्वविद्यालय हुने बताउनुभयो । उहाँले हाल रहेका विश्वविद्यालय भन्दा व्यवस्थापकीय र अध्ययनको दृष्टिकोणले यस विद्यालयलाई समय सापेक्ष बनाउने तर्फ आफुहरुको ध्यान रहेको बताउनुभयो ।
शिक्षा विद् डा. पुर्णकान्त अधिकारीले नेपाल विश्वविद्यालयबाट उत्पादन हुने विद्यार्थी स्थानीय रुपमा सान्र्दभिक र विश्वबजार संग प्रतिशपर्दा गर्न सक्ने हुनुपर्नेमा जोड दिनु भयो । डा. तीर्थ थापाले विश्व विद्यालय स्थापनामा राजनितिक हस्तक्षेपलाई निरुत्साहित गर्दै स्वयत्त समिति निर्माण गरेर उत्कृष्ट बनाउने तर्फ अहिले नै सचेत रहेको बताउनुभयो ।डा. अमिना सिंहले अहिले विश्वविद्यालयको पाठ्यक्रम निर्माणको विषयमा छलफल भइरहेको भन्दै नैतिकवान् विद्यार्थी उत्पादन गर्न तर्फ हाल समितिमा रहेका र छलफलमा सहभागी विज्ञहरु प्रतिबद्ध रहेको बताउनुभयो । कार्यक्रममा खेम लकाई, राजेन्द्र दाहाल, प्रभाकर पोखरेल लगायत विश्वविद्यालयको सान्दर्भिकताको बारेमा उजागर गर्नुभयो ।
अन्र्तक्र्रिया कार्यक्रममा मध्यविन्दु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानुप्रसाद पनेरुले विश्वविद्यालय स्थापना नगर र समग्र जिल्लाको लागि गौरवको विषय हुने बताउनुभयो ।हुप्सेकोट गाउँपालिकाका उपाध्यक्ष पुर्णसिं रानाले हुप्सेकोट गाउँपालिका विश्वविद्यालय स्थापनाको लागि आवश्यक छलफल र निर्णयका साथ अगाडी बढेको बताउनुभयो ।
तपाइँको प्रतिक्रिया