४५ दिनभित्रै अस्तव्यस्त तार नमिलाए विद्युत प्राधिकरणले काटिदिने

१५ कात्तिक, काठमाडौं ।
नेपाल विद्युत प्राधिरकणले पोलमा अस्तव्यस्त रुपमा टाँगिएका इन्टरनेट र केबल टेलिभिजनको तार व्यवस्थापन गर्न ४५ दिनको समयसीमा दिएको छ । मंगलबार एक सार्वजनिक सूचना जारी गर्दै प्राधिकरणले आफ्नो पोल प्रयोग गरी अव्यवस्थित रुपमा तानिएका तार र झुन्ड्याइएका उपकरण व्यवस्थापन गर्न भनेको हो । यस्ता तारले शहर कुरुप बनाएको, आगलागी लगायतका विद्युतीय दुर्घटना बढेको, विद्युत सेवा प्रवाहमा पनि असर गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आगलागी नियन्त्रण गर्न र विद्युत सेवा भरपर्दो बनाउन भन्दै दूरसञ्चार तथा टेलिभिजन सेवा प्रदायकहरुलाई प्राधिकरणले मापदण्डअनुसार नै तार व्यवस्थापन गर्न भनेको छ ।
प्राधिकरणले प्राधिरकणले ४०० भोल्ट लाइनको नाङ्गो तार र अन्य सेवा प्रदायकले टांग्ने तारबीच ८० सेमीको दुरी हुनुपर्ने बताएको छ । यस्तो तार र पैदलमार्गबीच २।४ मिटरको दुरी ९उचाइ० हुनुपर्ने प्राधिकरणको मापदण्ड छ ।
प्रयोगमा नरहेका तार र उपकरण तत्काल पोलबाट हटाउन पनि प्राधिरकणले निर्देशन दिएको छ । यदि निर्देशनअनुसार काम नगरे प्राधिरकण आफैंले यस्ता अव्यवस्थित तार हटाउने र त्यसको खर्च समबन्धित सेवा प्रदायकबाटै उठाउनेप्राधिकरणले चेतावनी दिएको छ ।
तपाइँको प्रतिक्रिया