विकासका लागि गठबन्धनलाई जिताउनुको विकल्प छैन् : डा. कोइराला

नवलपुर, १६ कात्तिक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नवलपुर क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा. शशाङ्क कोइरालाले राजनीतिक स्थिरताका लागि बहुमत आवश्यक भएको र आफूहरूले बहुमत पाए स्थिरतासहित विकास दिने बताएका छन् ।
नवलपुरको दलदलेमा पाँच दलीय गठबन्धनको अगुवा कार्यकर्ता प्रशिक्षणलाई आज सम्बोधन गर्दै नेता कोइरालाले बहुमत प्राप्त भएमा स्थिरता सँगसँगै विकास दिने बाचा गरे ।
उनले भने- “संविधानको रक्षा, स्थिरता र विकासका लागि गठबन्धनका उम्मेदवारलाई जिताउनुको विकल्प छैन ।” आफू चौथो पटक नवलपुरका जनताको प्रतिनिधित्व गर्न अगाडि बढेको उल्लेख गर्दै नेता कोइरालाले यसअघिका कार्यकाल संविधान निर्माण र कार्यान्वयनका काम खर्चिएको बताए ।
“जिल्लामा ससाना काम भएकै छन् । अबकी कार्यकाल विकासका लागि हो”, उनले भने । रासस
तपाइँको प्रतिक्रिया