चुच्चे नक्सा समेटिएको ठाउँबाट चुनावी अभियान सुरु गर्न ओली आज सुदूरपश्चिम जाने

काठमाडौँ, कात्तिक १७ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज सुदूरपश्चिम प्रदेश जाने भएका छन् । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि राष्ट्रव्यापी चुनावी अभियान सुरु गर्न अध्यक्ष ओली सुदूरपश्चिम जान लागेका हुन् ।
आज साझ धनगढी पुग्ने र भोली दार्चुला जाने कार्यक्रम रहेको एमाले प्रदेश सचिव धर्मराज पाठकले जानकारी दिए । एमालेले भोली दार्चुलाबाट राष्ट्रव्यापी चुनावी अभियान सुरु गर्ने उनले जनाए ।
तपाइँको प्रतिक्रिया