बलात्कार आरोपी सन्दीप लामिछानेलाई थुनामा पठाउन अदालतको आदेश

काठमाडौं, १८ कात्तिक ।
बलात्कार आरोपी सन्दीप लामिछानेलाई केन्द्रीय कारागार, सुन्धारा चलान गरिने भएको छ । जिल्ला अदालत, काठमाडौंले शुक्रबार उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । आदेशसँगै उनलाई केन्द्रीय कारागार, सुन्धारा चलान गर्न भनिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए ।
जिल्ला प्रहरी परिसर, काठमाडौंले गरेको अनुसन्धानका आधारमा सरकारी वकिलको कार्यालय, काठमाडौंले १४ कात्तिकमा करणी सम्बन्धी कसूरमा १० देखि १२ वर्ष जेल सजाय माग दाबी गर्दै अभियोग पत्र दर्ता गराएको थियो । त्यसमाथि मंगलबारदेखि भएको थुनछेक बहसपछि लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको हो ।
तपाइँको प्रतिक्रिया