अम्रसा सामुदायिक वन उपभोक्ता वन समुहको आठौँ वार्षिक साधारणसभा सम्पन्न

नवलपुर १९, कार्तिक ।
अम्रसा सामुदायिक वन उपभोक्ता वन समुहको आठौँ वार्षिक साधारणसभा शनिबारसम्पन्न भएको छ । नवलपरासी पूर्व नवलपुरको मध्यविन्दु ७ अम्रसामा रहेको सो सामुदायिक वनको साधारणसभा शनिबार सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथी मध्यविन्दु नगरपालिकाका नगरप्रमुख भिमलाल अधिकारीले दुइ दशक अगाडी हुने वनविनास र अहिलेको हुर्किएको वनप्रति धारणा राख्नुभएको थियो । विकास र परिवर्तनका लागी सामुदायिक वनको योगदान अतुलनिय रहेको भन्दै उँहाले समिती सगैँ उपभोक्ताले समेत ध्यान दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै मध्यविन्दु नगरपालिका वडा नम्वर ७ का वडाअध्यक्ष कर्ण बहादुर मल्लले वनले महिला , बालबालिका , ज्येष्ठ नागरीक युवा सबैलाईm समेटेर विभीन्न आयआर्जनका तालिम ल्याउनुपर्ने कुरामा जोड दिनुभएको थियो । सहयोग प्रति वडा कार्यालय सधै साथमा रहने प्रतिवद्ता व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा वनका अध्यक्ष लाल बहादुर मल्लले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । यस्तै आर्थिक प्रतिवेदन संस्थाका कोषाअध्यक्ष धुव्र न्यौपानेले गर्नुभएको थियो । उपाध्यक्ष दुर्गा बहादुर मल्लको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन वनका सचिव विष्णु थापाले गर्नुभएको थियो । कार्यक्रममा विभीन्न सरोकारवाला व्यतिmहरुको आतिथ्यता रहेको थियो । अम्रसा सामुदायिक वनबाट ४०० घरपरिवार लाभान्वतीत भएका छन् ।
तपाइँको प्रतिक्रिया