गायक प्रकाश दूतराजद्वारा अष्ट्रेलियामा आत्महत्या प्रयास !

काठमाडौं,२१ कार्तिक ।
गायक प्रकाश दूतराजले अष्ट्रेलियामा आत्महत्या प्रयास गरेका छन् । सांगीतिक कार्यक्रमका लागि अष्ट्रेलिया गएका उनले स्थानीय समयअनुसार आइतबार राति २ बजे झुण्डिने प्रयास गरेको स्रोतले बतायो । गायिका भूमिका गिरीसहित दूतराज कन्सर्टका लागि गत २० अक्टोबरमा अष्ट्रेलिया गएका थिए । त्यहाँ उनीहरू दुवैलाई आयोजकले एउटा फ्ल्याट लिएर राखेको थियो ।
सोही फ्ल्याटको आफू सुत्ने कोठामा दूतराजले झुण्डिने प्रयास गरेका हुन् । दूतराजको अवस्था अहिले सामान्य छ । उनले आत्महत्या प्रयास गर्नुको कारण खुलाएका छैनन् । छोटो समयमा चर्चा र लोकप्रियता कमाएका गायक हुन्, दूतराज । उनले गाएका ‘घर कता हो बैनीको‘’ ‘जाम भो माइली‘’ ‘चोली मैलै भो‘’, ‘रेलिमाई‘’ लगायत गीतहरू चर्चित छन् ।
तपाइँको प्रतिक्रिया