दलहरुले आफैँले हस्ताक्षर गरेर सहमति जनाएको आचारसंहीता उल्लंघन गरेः आयुक्त भण्डारी

काठमाण्डौँ, २१ कार्तिक ।
निर्वाचन आयोगले निर्वाचन आचारसंहीताको पूर्ण पालना गराई स्वतन्त्र, निष्पक्ष र भयरहीत वातावरणमा निर्वाचन सम्पन्न गराउनका लागि सम्पूर्ण तागत लगाएको स्पष्ट पारको छ । पूर्व प्रमुख निर्वाचन आयुक्तहरुसँगको छलफलका क्रममा निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचनको कडीको रुपमा रहेको आचारसंहीता पालना गराउने सवालमा आयोगले सम्पूर्ण ध्यान केन्द्रित गरेको स्पष्ट पार्नुभएको हो ।
पूर्व प्रमुख निर्वाचन आयुक्तहरुले विगतका निर्वाचनमा आचारसंहीता उल्लंघन भएको, धाँदली भएको, मतपेटीका हराएको लगायत घटनाहरुको दृष्टान्त दिँदै त्यसतर्फ सचेत हुन आयोगको ध्यानाकर्षण गराएपछि निर्वाचन आचारसंहीता केन्द्रिय अनुगमन समितिका संयोजकसमेत रहेका आयुक्त भण्डारीले आचारसंहीता पालना गराउने सवालमा आयोगले कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाउनुभएको हो ।
तपाइँको प्रतिक्रिया