मुस्ताङमा आन्तरिक तथा विदेशी पर्यटकमा वृद्धि, होटलहरू भरिए

काठमाडौं, २१ कार्तिक ।
हिमालपारिको जिल्ला मुस्ताङको मुक्तिनाथ क्षेत्रमा आन्तरिक तथा वाह्य पर्यटकको आगमनमा वृद्धि भएको छ । मुस्ताङको मुक्तिनाथमा घुमघामको सिजन बढेसँगै मुक्तिनाथ मन्दिरमा दर्शन गर्न जाने धार्मिक पर्यटक तथा ट्रेकिङ गर्ने पर्यटकमा वृद्धि भएको मुक्तिनाथ विकास समितिले जनाएको हो । यतिबेला मुस्ताङ घुम्ने र मुक्तिनाथ मन्दिरमा दर्शन गर्ने सिजन लागेसँगै आन्तरिक तथा विदेशी पर्यटन आगमनमा वृद्धि भएको छ भने मुस्ताङ मुक्तिनाथ क्षेत्रका होटलहरुमा भरिभराउ छन् । वर्षको दुई सिजन मात्रै व्यापार गर्न पाउने मुस्ताङ मुक्तिनाथ क्षेत्रका होटल तथा अन्य व्यवसायीहरुमा सिजनको समयमा पर्यटक वृद्धिहुँदा उत्साहित भएका छन् ।
मुक्तिनाथ दर्शन गर्न जाने धार्मिक पर्यटक र ट्रेकिङ गर्ने पर्यटनको संख्या बढेसँगै मुस्ताङका होटलहरुमा विदेशी र आन्तरिक पर्यटनहरुको भीड देखिन थालेको मुस्ताङका स्थानीय व्यवसायीहरु बताउँछन् । व्यवसायीहरुले विशेष गरी मुक्तिनाथ क्षेत्रमा भारतीय पर्यटकको बढी चाप देखिएका बताए । सामान्यतया अवस्थाको तुलनामा दशैँ तिहारपछि मुस्ताङका होटलहरुको अकुपेन्सी दर ८० प्रतिशत भन्दामाथि पुगेको मुक्तिनाथ क्षेत्रका होटल व्यवसायीहरुले बताएका छन् ।
तपाइँको प्रतिक्रिया