ओलीको हातमा गएर काँग्रेस बाँच्दैन : पौडेल

भरतपुर २४ कात्तिक
प्रतिनिधि सभा निर्वाचन चितवन क्षेत्र नं.३ का स्वतन्त्र उम्मेद्वार जगन्नाथ पौडेलले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको शरणमा पुगेर काँग्रेसको अस्तित्व स्वृकार्य नहुने बताए । कोही सुर्यको शरणमा पुगेर राजनितिमा उदाउन खोज्दै गर्दा म काँग्रेस हुँ भन्नेले मतदाता प्रभाबित पार्ने खेल खेलेको हुन सक्ने भन्दै मतदातालाई सचेत हुन आग्रह गरे ।
बुधबार शारदानगर , गीतानगर तथा आसपासका क्षेत्रका मतदाताहरु समक्ष भेटघाट तथा अन्र्तकृया कार्यक्रम गरिएको हो । नेपाली काँग्रेसबाट बिद्रोही नेताको छवि बनाएका जगन्नाथलाई काँग्रेसका कार्यकर्ताहरुले समर्थन जनाएका थिए ।
तपाइँको प्रतिक्रिया