बौदीकालीमा वडावडाबाटै भत्ता , सास्ती भोग्न नपर्ने भएपछि खुसी छन् नागरिक

कावासोती, २४ कात्तिक
नवलपुरको बौदीकाली गाउँपालिकाले वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण थालेको छ । गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वडा कार्यालयबाट नै वितरण गर्ने कार्य वडा नम्बर ५ ववकबाट सुरुआत गरेको हो ।
गाउँपालिका केन्द्रमा रहेको बैंकसम्म आउन वृद्धवृद्धा , अशक्त तथा सामाजिक सुरक्षा भत्ता लिने नागरिकलाई समस्या भएपछि गाउँपालिकाले वडास्तरबाट सेवा दिन थालेको गाउँपालिका अध्यक्ष प्रकाश ओझाले बताउनुभयो ।
सरकारले दिएको भत्ताले जीवन गुजारा चलाउन सहज भए पनि भत्ता लिन गाउँपालिकाको केन्द्र डेढगाउँमा रहेको ग्लोबल आई एम ई बैंकसम्म जान भने वृद्धवृद्धा तथा अशक्त नागरिकलाई धेरै सास्ती हुने गरेको थियो । तर गाउँपालिकाले समस्याको समाधान गर्न वडा वडाबाटै भत्ता वितरण गर्न सुरु गरेपछि धेरै सजिलो भएको सेवाग्राहीको भनाई छ । गाउँपालिकाको यस कामले सेवाग्राही निकै खुसी भएका छन् ।
गाउँपालिकाको नीति अनुरूप पालिकामा पर्ने ६ वटै वडाबाट भत्ता वितरण कार्य हुने अध्यक्ष ओझाले बताउनुभयो । ‘पालिकाको केन्द्रमा रहेको बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण हुँदा सेवाग्राहीलाई आउनजान झन्झट हुने र भत्ता लिने क्रममा आउँदाजाँदा अनावश्यक खर्चसमेत हुने, साथै केही नागरिकको ज्यानै समेत गएको हुनाले गाउँपालिकाको योजना अनुसार ग्लोबल आई एम ई बैंकको सहकार्यमा वडाबाट भत्ता वितरण गरिएको हो ।’ अध्यक्ष ओझाले भन्नुभयो । वडा नं. पाँच ववक र वडा नं. चार रुचाङमा भत्ता वितरण कार्य भएको छ भने अन्य वडाहरूमा पनि क्रमशः वितरण हुने जानकारी उहाँले जानकारी दिनुभयो ।
सामाजिक सुरक्षा भत्ता यही २७ गते वडा नं. ६ नरमबाट वितरण हुने छ । बौदीकालीमा अध्यक्षमा प्रकाश ओझाले निर्वाचन जितेपछि यहाँ जनआकाङ्क्षा अनुसारका काम सुरुआत भएका छन् । सबै वडामा आधारभुत स्वास्थ्य केन्द्रबाट सहज रुपमा जनतालाई स्वास्थ्य सेवा पु¥याउन स्वास्थ्य संस्थाको स्तरोन्नति र नयाँ स्वास्थ्य केन्द्र स्थापना भएका छन् । भने , ज्येष्ठ नागरिकलाई घरघरमै स्वास्थ्य सेवा प्रदान गर्ने काम भएको छ ।
तपाइँको प्रतिक्रिया